आकासै गर्जिए अचम्म नमान्नू
यी आँखा वर्षिए अचम्म नमान्नू
देशको योद्धा यो बैरीको सामु छ
सीमामा मारिए अचम्म नमान्नू
चोर र पुलिस घनिष्ट छन् यहाँ
सोझो म ठगिए अचम्म नमान्नू
सत्ता र देशको दलाल यहीं छन्
अस्मिता बेचिए अचम्म नमान्नू
रोक या लडाऊ लक्ष्यमा पुग्छ ऊ
‘घायल’ दौडिए अचम्म नमान्नू
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई