लाखौँ युवा प्रवासमा लुटिएको कस्ले देख्ने ?
स्वदेशमा झुपडी त्यो चुहिएको कस्ले देख्ने ?
सरकार छ रमिते झैं मनोमानी दलालको
सोझा सिधा दाजु भाइ ठगिएको कस्ले देख्ने ?
रावणको गोडा मोल्न रामहरू तल्लिन छन्
सीताहरू सीमापारि बेचिएको कस्ले देख्ने ?
सर्बहारा नेताहरू महलमा छिरेका छन्
भाइचारा सम्बन्ध त्यो भत्किएको कस्ले देख्ने ?
सत्ता पुग्ने चाहनाले आपसैमा लडिरह्यौं
बिदेशीको आफ्नो स्वार्थ लादिएको कस्ले देख्ने ?
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
