Skip to content

कति बस्छौ परदेशमा

कति बस्छौ परदेशमा चाँडै फर्की आए हुन्थ्यो
खोले सिस्नो जेजे हुन्छसँगै बसी खाए हुन्थ्यो

आजभोलि भन्दाभन्दै वैली सक्यो यो जवानी
हर साँझ बिहानीमा तिमी सामु पाए हुन्थ्यो

दोष नदेऊ कर्मलाई आफ्नै हातमा हुन्छ भाग्य
मनको यो बगैंचामा नौलो फूल लाए हुन्थ्यो

पराईको अधिनमा कति दिन रुँदै बस्ने ?
फर्किएर भाका हाली भैलो रोधी गाए हुन्थ्यो

घर जति सिंगारे नि मन सधैँ अँध्यारो छ
खुशी बनी अंग-अंग तिमी आफै छाए हुन्थ्यो

गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *