Skip to content

बेंसी झर्छु बिहानै म ओरालीमा खोज्नु


बेंसी झर्छु बिहानै म ओरालीमा खोज्नु
साँझ घर फिर्छु फेरि उकालीमा खोज्नु

मंसिरैमा धान झार्ने खलामा म हुन्छु
असारैमा खेतबारी र आलीमा खोज्नु

गाई बस्तु, घाँस काट्दै डाँडा पाखा डुल्छु
भञ्ज्याङैको बर-पिपल सियालिमा खोज्नु

भोक रोग गरिबी र अशिक्षा छ यहाँ
म अनि छ देश त्यहाँ कर्णालीमा खोज्नु

दुनियाँको सामु हाम्रो उठाउनु छ शिर
सम्भावना के छन् अरु नेपालीमा खोज्नु

गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *