gorkhesailo
हे नारी अब जाग
नारी हुन् जननी अपार ममता बोकेर बाँची दिने
नेपाली सबको मुहार हँसिलो देखेर नाची दिने ।
शिक्षा ज्योति अप…र्व यो जगतमा भर्ने सधैं गौरव
हे नारी अब जाग जाग जगमा छर्दै मीठो सौरभ ॥
खोस्टा कागजमा दिएर समता बन्दैन नेपाल यो
खुट्टा छैन भने अपाङ्ग हुन गै हिड्दैन आफैं त यो ।
मान्छे हो तर चूपचाप कहिल्यै बोल्दैन अन्यायमा
हे नारी अब जाग जाग जगमा उत्रेर मैदानमा ॥
हेटौडा नगरी . . .
हेटौडा नगरी मनोरम छ यो सारा सबै जान्दछन्
पानीको पनि स्वाद नैछ रसिलो प्यूनेहरु भन्दछन् ।
धेरै काम हुने बनस्पतिहरु पाइन्छ सारा यहाँ
देख्दा सुन्दरता यहीँेछ गतिलो भेटिन्छ यस्तो कहाँ ।।
यौटा स्मारक भो यसै नगरमा घुम्छन् सबै आखिर
धेरै वेश ब्यपारको पनि थलो बाटो छ चारैतिर ।
भाषा भेष यहाँ सबै थरहरु जाती र गोत्रीहरु
एकै आपसमा मिलेर बसने सारा छिमेकीहरु ॥
म त सधै एक्लै छु
सानो एउटा घर अनि घरमा निरासता बोकेर बसेका दुईजना मानिस – एउटी आमा जुरेली अनि एउटा गर्भे टुहुरो छोरा सन्ते । मेलापात र ज्यालादारी काम गरेर दुई प्राण धानेर बालख छोरो हुर्काएर बसेकी …। एकदिन छोराले सोच्यो, मैले पढेको पनि छैन र धन-सम्पत्ती पनि छैन । यहाँ बसेर पनि सधैभरी साहुको कमारो हुनु भन्दा बिदेश गएर केही दिन दुःख गरे भने त मेरो जीवन यापन गर्ने बाटो हुन्छ … ।
उसले आफ्नी आमालाई भन्यो – “आमा म बिदेश गएर केही पैसा कमाएर आउछु !”
छोराको कुरा सुनेर आमाको आँखामा आँशु बग्न थाल्यो । आमाले भन्न थालिन् – “बाबु ! तेरो बाबुले गर्भमा छाडेर गए पनि मैले अरुको मेलापात गरेर तँलाई हुर्काए। अब त छोराले मेरो रेखदेख गर्छ भन्ने आशामा बाँचेकी थिए । तैंले पनि छाडेर गए मेरो साहारा को नै हुन्छर …?”
आमाको यो आवाज सुने पछि सन्तेले भन्यो – “आमा! हजुरको रेखदेख गर्नको लागि म बिबाह गरेर बुहारीलाई अह्राएर जान्छु … ।”
छोराको बिबाह गर्ने कुराले जुरेलीलाई अर्ध खुसी बनायो र उसले सन्तेका कुरा स्वीकार गरिन् । केही दिन मै सन्तेको राम्रैसँग बिबाह भयो । सन्तेले घरका सारा कुराहरू श्रीमतीलाई जिम्मा लगायो अनि भन्यो – “मेरी आमाले कुनै दुःख बेहोर्न नपरोस् ।”
मनको बह
नाङ्गो वक्ष उजाड गाउँ बिचको स्यौले कुटी झोपडी
नाना-माम-बुबू मरे नि कतिका चित्कार छन् हर्घडी ।
जाडो याम हुँदा चिसो ठिही बढी कक्रयाउँदाका दिन
न्यानो घाम भएर पोखिन सके हुन्थ्यो कि भैँ लाग्दछ ॥
कैले लाग्छ बनाउँ पोष्य मसिनो तङ्र् याउने भोजन
कैले लग्छ बनूँ गरीवहरुको उत्साह औ रोगन ।
आँटेको मनले समग्र बलले सारा खन्याए पिन
अयो जमाना नयाँ
छोरो पाल्छ कपाल कानहरुमा मुन्द्रा भिरी हिड्दछ
यो छोरी कम छैन झन् अझबढी नौली बनेकी उ छ ।
आँखी भौँ जति खुर्किइ रङ दली त्यो जाल जस्तो लुगा
भिर्छे शर्म मलाई लाग्छ उ भने मख्खै परेकी छ बा ॥
साँढे सात बजे उठेर घरकी माग्छे बुहारी चिया
आठौँ बर्ष बिबाहका दिनबिते छैनन् अझै दोजिया ।
क्यै गर्दा तल माथि पर्छ कि भनी सासू सधैँ थर्थर
मेलम पात र रुझ्नुु भिज्नु छ सधैँ बस्छिन बुहारी घर ॥
मनोरम स्यङ्जा . . .
यै स्याङ्जा छ निकै सुरम्य रसिलो सारा सबै जान्दछन्
पानीको छ प्रभाव स्वाद गतिलो मीठो सबै मान्दछन् ।
झर्ना सुन्दर औ मनोरम हुने छाँगा र खोल्साहरु
उस्तै शब्दहरु छ गुञ्जन यहाँ मैना चखेवाहरु ॥
चारै भागमहाँ बनौषधीहरु पाइन्छ खोजी गरे
यस्तो सुन्दरता बनौट गतिलो पाइन्न अन्तै अरे ।
कालीको बिजुली बिकास गतिलो गङ्गा हुँदा सुन्दर
चौतर्फी सबका पुगेर घरमा बल्दै छ चारैतिर ॥
‘माधवी र राधा’ सङ्ग्रहमाथि नारी नयनमा परेका दृश्य. . .
यतिबेला मेरो हातमा मदन पुरस्कार प्राप्त दई उपन्यासहरू छन्- यौटा ‘मदनमणि दीक्षितको माधवी’ र अर्को ‘कृष्ण धरावासीको राधा’ । यी दुबै उपन्यासका प्रमूख पात्र नारी नै छन् । महाभारतको उद्योग पर्वमा उल्लेख गरिएकी माधवीलाई प्रमूख पात्र बनाएर मदनमणि दीक्षितले उत्तर वैदिक कालीन उपन्यास माधवी लेखेका छन् भने महाभारतको युद्धका प्रमुख नायक कृष्णकी प्रेमिका राधालाई मूल पात्र बनाएर कृष्ण धरावासीले राधा लेखेका छन् । यी दुबै कृतिहरू अत्यन्त सुन्दर साहित्य शिल्पीले लिपिबद्ध छन् । २०३९ सालमा प्रथम पटक प्रकाशित भएको माधवीले २०३९ सालमै मदन पुरस्कार पाउन सफल भएको छ भने २०६२ सालमा प्रकाशित भएर सोही साल मदन पुरस्कार प्राप्त गरेको छ राधाले ।
तितो यर्थाथता
उसको टाउकाको रौ नै थिएन अनुहारको छाला पनि पुरै चाउरी परेको थियो । झट्ट र्हेदा त्यति उमेर गए जस्तो देखिन्नथिन् । हात खुट्टाका एक दुई औलाहरू डल्लो परेका थिए तर त्यो कुनै रोगले त्यस्तो भएको थिएन । उनको शरीरको प्रायजसो भागमा दागैदाग थिए ।
व्यस्त सडकको किनारमा धुवाँ उडाउँदै मकै पोल्दै गरेकी नारीलाई बाटो हिड्ने जो कोहीले पनि एकपटक र्हेदथे । सधै देख्नेले त खच्याङ्घ दिदीको मकै त खानै पर्छ र भन्दै किनिदिन्थेँ अनि उनी पनि अनारदाना जस्ता दाँत देखाएर खिस्स हाँस्थिन् । प्रकृतिले दिएका उपहारमा बँचेको केवल सुरिलो आवाज र तिनै दाँत मात्र बाँकी थिए ।
- « Previous
- 1
- 2
- 3
- 4
- Next »

भ्रमित आकांक्षामा जीवन भारको कहानी हैन
साथी विवशतालाई बिर्सिदेऊ
नेपाल यो देश विचित्र कै छ
किन हो मुटुको घाऊ दुख्छ घाम डुबेपछि
पाखुरी सीपमा हलहली जिन्दगी ।।