gorkhesailo

SahishaGhimire

जीवन भारको कहानी हैन

भ्रमित आकांक्षामा जीवन भारको कहानी हैन
लेख्दैमा आँसुले सानु त्यो हारको कहानी हैन ।

रोपेर छातीमा पीडा रगतकै आँसु बगेपिन
खुदै सम्पर्कमा छु तर स्वीकारको कहानी हैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
KalpanaKafle

हे नारी अब जाग

नारी हुन् जननी अपार ममता बोकेर बाँची दिने
नेपाली सबको मुहार हँसिलो देखेर नाची दिने ।
शिक्षा ज्योति अप…र्व यो जगतमा भर्ने सधैं गौरव
हे नारी अब जाग जाग जगमा छर्दै मीठो सौरभ ॥

खोस्टा कागजमा दिएर समता बन्दैन नेपाल यो
खुट्टा छैन भने अपाङ्ग हुन गै हिड्दैन आफैं त यो ।
मान्छे हो तर चूपचाप कहिल्यै बोल्दैन अन्यायमा
हे नारी अब जाग जाग जगमा उत्रेर मैदानमा ॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
GitaChhetri

दुलही साथीलाई

साथी विवशतालाई बिर्सिदेऊ
पीरहरुलाई पन्साइदेऊ
ह्दयका व्यथाहरुलाई
एक-एक गरी हटाइदेऊ ।

साथी घरको सम्झनाले सताइदिए
हठात हाँसोमा साँटिदेऊ
विगतका दिनहरु बल्झिदिए
विरानो कथा सम्झिदेऊ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भो मेरो उपहासमा कविता नलेख

ए मेरा कवि जी !
तिमी त धनी बाउको छोरो
राम्रो बोडिङ स्कूल देखी ठूला कलेज सम्मका
धेरै पढाइ त्यसैको डिग्री कुन्नी केके हो केके
परिक्षा पनि ठूलो पाँचतारे होटलमा देका रे
ह्विस्की रम अनि कुन्नी के के खाने कुरा
रमको चुस्की लिँदा झम्म भएको हुनाले
तिमी त नम्बर पनि धेरै पाएर पास भयौरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महासागर बल्दैन कसैगरी

झरीमा रुझेर सूर्य गल्दैन कसै गरी
शीतको भार वृक्ष ढल्दैन कसै गरी ।

असम्भव नै छैन भन्छन् जित्नेहरू तर
चाहेर रुखमा मोती फल्दैन कसै गरी ।

रोकिन्न समययात्रा काँडेबार लाए पनि
घडीको सुई उल्टो दिशा चल्दैन कसै गरी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हेटौडा नगरी . . .

हेटौडा नगरी मनोरम छ यो सारा सबै जान्दछन्
पानीको पनि स्वाद नैछ रसिलो प्यूनेहरु भन्दछन् ।
धेरै काम हुने बनस्पतिहरु पाइन्छ सारा यहाँ
देख्दा सुन्दरता यहीँेछ गतिलो भेटिन्छ यस्तो कहाँ ।।

यौटा स्मारक भो यसै नगरमा घुम्छन् सबै आखिर
धेरै वेश ब्यपारको पनि थलो बाटो छ चारैतिर ।
भाषा भेष यहाँ सबै थरहरु जाती र गोत्रीहरु
एकै आपसमा मिलेर बसने सारा छिमेकीहरु ॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जननी र जन्मभूमि

जननी र जन्मभूमि स्वर्गभन्दा ठूला
सानैदेखि सुन्दै आएँ महावाणी यस्ता
काख दिन्छन् नाम दिन्छन् दुबै साथसाथ
जन्मसिद्ध अधिकार मिल्छ दुबैबाट ॥ १

दुबै दिन्छन् नानीलाई आफ्नो भाषाभूषा
तर आमा जति न्यायी अरु हुन्छन् कहाँ
आमा दिन्छिन् बराबरी आफ्नो श्रीसम्पति
मातृभूमिको लिन्छन् उच्च अधिकारी ॥ २

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘भाले हुनुको पीडा’

प्रकृतिमा पुरुष बनी
सृष्टिको बीऊ छर्न
भगकेशरमा परागसेचन गर्नुपर्ने
पशु–पन्छीको ऋतुकालीन मैथुन भन्दा बढी
जुनसुकै समयमा
ऋतुदानको लागि
आफूलाई तयार राख्नुपर्ने
भाले हुनुको पीडा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बन्धन आफैँ टुट्यो अरे

मेरो दिल्को हिरा मोती आजै लुट्रयो अरे
खवर ल्यायो परेवाले अन्तै जुट्यो अरे ।

साँचेको थेँ मुटुभित्र सत्र पोका परी
फुकाएर चारी लाँदा सबै छुट्यो अरे ।

कस्तो रैछ दूरभाग्य निरासको ऐना
सपनीमा सजाएको हिजै फुट्यो अरे ।

मझेरीको पर्दा फाटी धुजा धुजा बन्दै
चट्ट फुर्को उड्दै जाँदा उतै खुट्यो अरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म त सधै एक्लै छु

सानो एउटा घर अनि घरमा निरासता बोकेर बसेका दुईजना मानिस – एउटी आमा जुरेली अनि एउटा गर्भे टुहुरो छोरा सन्ते । मेलापात र ज्यालादारी काम गरेर दुई प्राण धानेर बालख छोरो हुर्काएर बसेकी …। एकदिन छोराले सोच्यो, मैले पढेको पनि छैन र धन-सम्पत्ती पनि छैन । यहाँ बसेर पनि सधैभरी साहुको कमारो हुनु भन्दा बिदेश गएर केही दिन दुःख गरे भने त मेरो जीवन यापन गर्ने बाटो हुन्छ … ।

उसले आफ्नी आमालाई भन्यो – “आमा म बिदेश गएर केही पैसा कमाएर आउछु !”

छोराको कुरा सुनेर आमाको आँखामा आँशु बग्न थाल्यो । आमाले भन्न थालिन् – “बाबु ! तेरो बाबुले गर्भमा छाडेर गए पनि मैले अरुको मेलापात गरेर तँलाई हुर्काए। अब त छोराले मेरो रेखदेख गर्छ भन्ने आशामा बाँचेकी थिए । तैंले पनि छाडेर गए मेरो साहारा को नै हुन्छर …?”

आमाको यो आवाज सुने पछि सन्तेले भन्यो – “आमा! हजुरको रेखदेख गर्नको लागि म बिबाह गरेर बुहारीलाई अह्राएर जान्छु … ।”

छोराको बिबाह गर्ने कुराले जुरेलीलाई अर्ध खुसी बनायो र उसले सन्तेका कुरा स्वीकार गरिन् । केही दिन मै सन्तेको राम्रैसँग बिबाह भयो । सन्तेले घरका सारा कुराहरू श्रीमतीलाई जिम्मा लगायो अनि भन्यो – “मेरी आमाले कुनै दुःख बेहोर्न नपरोस् ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
BiswoPremAdhikari

मनको बह

नाङ्गो वक्ष उजाड गाउँ बिचको स्यौले कुटी झोपडी
नाना-माम-बुबू मरे नि कतिका चित्कार छन् हर्घडी ।
जाडो याम हुँदा चिसो ठिही बढी कक्रयाउँदाका दिन
न्यानो घाम भएर पोखिन सके हुन्थ्यो कि भैँ लाग्दछ ॥

कैले लाग्छ बनाउँ पोष्य मसिनो तङ्र् याउने भोजन
कैले लग्छ बनूँ गरीवहरुको उत्साह औ रोगन ।
आँटेको मनले समग्र बलले सारा खन्याए पिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ChintuGiri

अयो जमाना नयाँ

छोरो पाल्छ कपाल कानहरुमा मुन्द्रा भिरी हिड्दछ
यो छोरी कम छैन झन् अझबढी नौली बनेकी उ छ ।
आँखी भौँ जति खुर्किइ रङ दली त्यो जाल जस्तो लुगा
भिर्छे शर्म मलाई लाग्छ उ भने मख्खै परेकी छ बा ॥

साँढे सात बजे उठेर घरकी माग्छे बुहारी चिया
आठौँ बर्ष बिबाहका दिनबिते छैनन् अझै दोजिया ।
क्यै गर्दा तल माथि पर्छ कि भनी सासू सधैँ थर्थर
मेलम पात र रुझ्नुु भिज्नु छ सधैँ बस्छिन बुहारी घर ॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
GangaNathKoirala

‘नेपाल’

नेपाल यो देश विचित्र कै छ
संसार सारा यस भित्र नै छ ।
अनेक छन् पर्यटकीय ठाउँ
नवीनता नाच्द छ गाउँ गाउँ ॥

सर्वोच्च हाम्रो हिम टाकुरा छ
डाँफे छ राम्रो यहीँ गुराँस ।
अथाह छन् स्रोत यहाँ लुकेका
हामी भने खोज्न अझै चुकेका ॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुटुको घाऊ दुख्छ घाम डुबेपछि

किन हो मुटुको घाऊ दुख्छ घाम डुबेपछि
उज्यालो मनको आशा लुक्छ घाम डुबेपछि ।

चाहिँदैन मलाई क्यै भोग ऐश्वर्यका कुरा
पिरती रसिलो पाए पुग्छ घाम डुबेपछि ।

दिलमा प्रीतिको बाढी जति उर्ली बगे पनि
मृदु मिलनको गङ्गा सुक्छ घाम डुबेपछि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनोरम स्यङ्जा . . .

यै स्याङ्जा छ निकै सुरम्य रसिलो सारा सबै जान्दछन्
पानीको छ प्रभाव स्वाद गतिलो मीठो सबै मान्दछन् ।
झर्ना सुन्दर औ मनोरम हुने छाँगा र खोल्साहरु
उस्तै शब्दहरु छ गुञ्जन यहाँ मैना चखेवाहरु ॥

चारै भागमहाँ बनौषधीहरु पाइन्छ खोजी गरे
यस्तो सुन्दरता बनौट गतिलो पाइन्न अन्तै अरे ।
कालीको बिजुली बिकास गतिलो गङ्गा हुँदा सुन्दर
चौतर्फी सबका पुगेर घरमा बल्दै छ चारैतिर ॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संघर्ष नै जीवन हो

संघर्ष नै जीवन हो गर्नुपर्छ सधैंभरि
सकरात्मक भाव मात्र छर्नुपर्छ सधैंभरि

समाजको बिकासमा संगठित भएर नै
ठुला ठुला महासागर तर्नुपर्छ सधैंभरि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज्दथेँ आशमा अलमली जिन्दगी

पाखुरी सीपमा हलहली जिन्दगी ।।
आतुरी मातमा तलतली जिन्दगी ।।

बातमा प्यासले खोज्दथे पोखरी,
सम्झियो माथले कलकली जिन्दगी ।।

माधुरी मातमा एकलै रातमा,
बेसरी सम्झिएँ झलझली जिन्दगी ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
BishnunandaChamling

उषामा हिमालै खुलेको

बिहानी उषामा हिमालै खुलेको ।।
पखेरी ढपक्कै चिमालै फुलेको ।।

फुलेरै चमेली खुलेको बगैँचा,
सुगन्धी हवामा भमारा भुलेको

वसन्ती छटामा उडेको चरी झैँ,
बगैचा सुनौलो छ जोडी डुलेको ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘माधवी र राधा’ सङ्ग्रहमाथि नारी नयनमा परेका दृश्य. . .

यतिबेला मेरो हातमा मदन पुरस्कार प्राप्त दई उपन्यासहरू छन्- यौटा ‘मदनमणि दीक्षितको माधवी’ र अर्को ‘कृष्ण धरावासीको राधा’ । यी दुबै उपन्यासका प्रमूख पात्र नारी नै छन् । महाभारतको उद्योग पर्वमा उल्लेख गरिएकी माधवीलाई प्रमूख पात्र बनाएर मदनमणि दीक्षितले उत्तर वैदिक कालीन उपन्यास माधवी लेखेका छन् भने महाभारतको युद्धका प्रमुख नायक कृष्णकी प्रेमिका राधालाई मूल पात्र बनाएर कृष्ण धरावासीले राधा लेखेका छन् । यी दुबै कृतिहरू अत्यन्त सुन्दर साहित्य शिल्पीले लिपिबद्ध छन् । २०३९ सालमा प्रथम पटक प्रकाशित भएको माधवीले २०३९ सालमै मदन पुरस्कार पाउन सफल भएको छ भने २०६२ सालमा प्रकाशित भएर सोही साल मदन पुरस्कार प्राप्त गरेको छ राधाले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तितो यर्थाथता

उसको टाउकाको रौ नै थिएन अनुहारको छाला पनि पुरै चाउरी परेको थियो । झट्ट र्हेदा त्यति उमेर गए जस्तो देखिन्नथिन् । हात खुट्टाका एक दुई औलाहरू डल्लो परेका थिए तर त्यो कुनै रोगले त्यस्तो भएको थिएन । उनको शरीरको प्रायजसो भागमा दागैदाग थिए ।

व्यस्त सडकको किनारमा धुवाँ उडाउँदै मकै पोल्दै गरेकी नारीलाई बाटो हिड्ने जो कोहीले पनि एकपटक र्हेदथे । सधै देख्नेले त खच्याङ्घ दिदीको मकै त खानै पर्छ र भन्दै किनिदिन्थेँ अनि उनी पनि अनारदाना जस्ता दाँत देखाएर खिस्स हाँस्थिन् । प्रकृतिले दिएका उपहारमा बँचेको केवल सुरिलो आवाज र तिनै दाँत मात्र बाँकी थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •