Skip to content

महासागर बल्दैन कसैगरी


झरीमा रुझेर सूर्य गल्दैन कसै गरी
शीतको भारले वृक्ष ढल्दैन कसै गरी ।

असम्भव नै छैन भन्छन् जित्नेहरू तर
चाहेर रुखमा मोती फल्दैन कसै गरी ।

रोकिन्न समययात्रा काँडेबार लाए पनि
घडीको सुई उल्टो दिशा चल्दैन कसै गरी ।

यो देह पाहुना हो मर्ने, बाच्ने त नाम हो
चितामा सपुतको नाम जल्दैन कसै गरी ।

संसारै डढाउँछु भनि राँको बोकी हिँड्दछन्
आगो झोसेर महासागर बल्दैन कसै गरी ।

बालकुमारी रोड नारायणगढ चितवन ।
अग्रगामी समाजका उपाध्यक्ष एवम् पल्लव साहित्य प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्छ ।

6 thoughts on “महासागर बल्दैन कसैगरी”

  1. कुरा चैं ठिकै गर्नुभो।
    कुरा चैं ठिकै गर्नुभो।

  2. badhai chha GAZALko
    badhai chha GAZALko Lagi,

    badhai chha GAZALko Lagi,prabhakarjilai, ajhai Aagami dinma aru chotila ra swadila ani khadila GAZAL haru padhna paiyos.

    Asunisu
    kirtipur, kathamanu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *