kbs
गोनु झा
गोनु झालाई तर्क, बुद्धि एवं धुर्त्याइँले जित्न साह्रै मुस्किल थियो । गोनु झा चतुर्र्याइँ, न्याय र वाक्पटुतामा निपुण थिए । उनका गुणहरूको कदर त्यतिबेलाका राजा पनि गर्दथे र उनी प्रतिष्ठित व्यक्तिहरूमध्ये गनिन्थे । त्यसो त गोनु झाका बारेमा रमाइला र घतलाग्दा थुप्रै कथाहरू छन् तापनि उनका बठ्याइँ देखिने केही कथा यहाँ प्रस्तुत गरिएको छ ।
मेरिजुआनाको लत
पानी रोकिदिएकै हो
तलाउले, दहले कि पोखरीले
आखिर सागर पुग्नु भनेको त हो त्यसैले
बादल भएकै हो
शिखरमा परेका साँझ र सखारका किरणहरूसित
पानीले भिजेकै हो
शीतमा थोपा-थोपा परिणत भएकै हो
यस यात्रादेखिन्
उस यात्रासम्म
यहादेखिन् पर दूरन्तसम्म
सबै दिगन्तहरूसम्म, सबै सिमानाहरूसम्म
पुग्ने र जाने इच्छाहरू र क्षितिजमा वास बस्ने इच्छाहरूसम्म ।
एउटा मान्छे फोसामा
घटना भइसकेपछि पहिलो प्रतिक्रियामा मृतककी श्रीमतीले भनी, “उहालाई आज अफिस जाने मन थिएन ।” परिवारका अरू सदस्यले यसमा अनभिज्ञता प्रकट गरे । मृतक त्यस दिन अफिस जान मन गरेको थिएन भन्ने जनकारी उसको मृत्यु हुनुको कारणको अन्वेषणमा सहायक थिएन । यस कालले तानेपछि मान्छेको केही सीप चल्दैन भन्ने स्थापनाका लागि एउटा सहायक तथ्य मात्र हुनसक्थ्यो । तर, मृतक जसरी मर्यो, आज देशभरि, अरूतिर पनि त्यसरी नै मरिरहेका छन् र त्यसमा कसले के गर्नसक्छ भन्ने प्रश्न अझ चर्को गरी सबैका मनमा आयो । सरकार भन्ने निकायको समष्टिगत अर्थ क्षय भएको मात्रै होइन, गायबै भइसकेको भयावह समय थियो यो ।
समृद्धि
ऊसित एक्कासि भेट भएको थियो । एक्कासि नै भन्नुपर्छ । ५० वर्षपछि । यसलाई के भन्नू ?
५० वर्षअघि हामी कतिपटक एउटै थालमा खान्थ्याँै । स्कुलमा एउटै बेन्चमा बस्थ्यौँ । त्यसरी क्लास चलिरहँदा पनि खासखुस गर्न सजिलो हुन्थ्यो । कहिलेकाहीँ हाँसेकोमा मास्टरले कान बेस्सरी घुमाइदिन्थ्यो, घडीमा दम दिएजस्तै । डिजिटल घडीको जमाना आएको थिएन । ऊ मभन्दा पढ्नमा तीक्ष्ण थियो । तैपनि मसित पछिल्लो बेन्चमा बस्थ्यो । म जतिसक्यो पछिल्तिर बस्न रुचाउँथेँ, रहर होइन, बाध्यता भनेजस्तै । पछिल्तिर बस्दा मास्टरको सामना गर्नु नपर्ला भन्ने भ्रमले ।
एक पैसा
‘एक पैसा हजुर… …सानुलाई म नभोग .. … … ।’- मैलो टालोमा बेह्रिएको एक-डेढ महिनाको शिशुलाई देखाउँदै, जर्ीण्ा-सर्ीण्ा आइमाईले भनी । नाउँ मात्रको पातलो फूटपाथको पुछारमा बसेर पर्ूवपट्टबिाट आउने र्सर्ूयको अलिअलि मात्र घाम आफ्नो सानुलाई ओगटी त्यो बसेकी थिई । मैलो अनुहार, प्रसूति-क्लान्त जीउ, बच्चा जन्माएर संसारकै उपकार गरेकीझैं आँखाको दीनहीन दृष्टिसाथ खुम्चिंदै, डराउँदै, लगभग कामिएकै अपराधीजस्तो सुर थियो त्यस सानुकी आमाको ! प्रसवपछि कमसेकम तीन/चार महिनासम्म नारीको कुनै रूप नै नरहेको नियमाकूल उसको तात्कालिक रूप थियो, कुनै वर्ण्यको अनुमानसम्म लगाउन नसकिने ! बिहानदेखि छोपिराखेको कुहिरोभित्रबाट अलिअलि गरेर आकाशले मुख उघार्ने चेष्टा गरिरहेको थियो ।
संयोग
उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात जहाँ जाँदा पनि प्रशंसा गर्नेको घुइँचो हुँन्थ्यो । यति ठाँट्टिएर बैंस देखाउँदै कता लागेकी हो ठाँट्टिएर हिँड्न त कसैले सिकाउँन पर्दैन नि भनेर आफ्नै साथीहरुले ईष्र्या गरेको पनि अहिले त जुग बितिसकेको छ । उसलाई रुन मनलाग्यो एतिखेर । ‘चिया खानु पर्यो’ उसले मनमनै चिया खाने निर्णय गरी र भान्छा भित्र पसी । स्टोभ बाली र कित्लीमा चिया उमाल्न थाली । उसको छाती पनि चियासँगै उम्लन थाल्यो । उसले उम्लिएको चिया र आफ्नो उम्लिएको छातीको तुलना गरी । उम्लिएको छातीले दिएको पीडालाई सहन नसकेर तुरुक्क आँसु झारी । यो कर्म पनि सँधैको अभागी रहेछ । कस्तो साइतमा जन्म भएको रहेछ । बरु जन्मेकै बेला साल नाल सहित आमाले तल खोल्सामा फ्यालिदिएको भए त हुन्थ्यो नि ! आखिर बाँचेर पनि के नै हुने हो र उसलाई वैराग्य लागेको छ । आँखाभरि आँसु भरिएर आएको छ ।
डिजिटल चमकभित्र
चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली महिला हुन् । उनका तीन छोराछोरी र चार नातिनातिना छन् । उनका पति सेवानिवृत्त सरकारी सुब्बा हुन् । उनी लगभग साठी वर्षी भइसकेकी छिन् । उनी चौध वर्षी हुँदा एक्काइस वर्षो रुद्रप्रसादसँग उनको बिहे भएको थियो । रुद्रप्रसादकी पत्नी भएर बस्न थालेपछि उनले छोराछोरी पाउने, तिनलाई हर्ुकाउने, भान्छाको काम हर्ेर्ने आदि काम गर्ने घरबन्दी महिलाकै रूपमा चार दसक बिताइन् । त्यसपछि अमेरिका आएकी उनी नेपाल फर्किएकी छैनन् ।
गठेमङ्गल आँखा र सालिक भञ्जन
गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त यो पुराकथाजस्तै लाग्न थालिरहेछ ।
नेपाली हुनुको गौरव
५५ वर्ष पहिले, २९ मे १९५३ को दिन, विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगेर फर्केका तेन्जिङ नोर्गे शेर्पाको स्वागत र शोभायात्रा एक अविस्मरणीय क्षण थियो; विशेष गरेर हामी जस्ता नवोदित विद्यार्थीका लागि। मेरो जीवनमा राष्ट्र के हो र राष्ट्रियता के हो भन्ने पहिलो अनुभूति त्यही क्षणबाट शुरु भएको थियो।
शहर’यात्रा
उसका रुप कति थिए कसैलाई थाहा थिएन। ऊ आफ्ना केही रुप जङ्गलमै छाडेर शहर’यात्रामा निस्क्यो। शहर’यात्राको पहिलो दिन ऊ चौबाटोमा पुगेर उभियो। ऊ उभिएको बाहेक अरू बाटाहरू तीनतिर छरिएका थिए। ऊ आएको बाटो पहिल्याउँदै जाने हो भने सो अन्धकार जङ्गल पुगिन्थ्यो, जहाँ कुकुरडाइनाका काँढाहरूले जेलिएको अस्पष्ट बाटो थियो। उसलाई राम्ररी थाहा थियो शहर’यात्राअघि ऊ आएको अनकन्टार जङ्गलको बाटो प्रस्ट थिएन।
दस रुपियाको नोट
खिजि्रङ–मिजि्रङ सामानहरूको एउटा सानो दोकान थियो माथ्लो छाताचोकमा, टाउको लुकाउने आफ्नै ओत भएपछि आमाले साहससाथ सुरु गर्नुभएको। त्यस चोकमा पहिल्यैदेखि रहेका अरू दोकानहरूको तुलनामा हाम्रो दोकान त फुच्चे र केही न कामको देखिन्थ्यो। तर आमाले बाको किञ्चित् सहयोगबिना खोलेको त्यही दोकान हाम्रो जीवनाधार थियो। हाम्रो खेतीपाती, बन्दव्यापार, अध्यवसाय त्यही दोकान थियो।
कार्लो रोसी
कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको दुई वर्ष तीन महिनापछि चिनेको थिएँ। त्यसपछि मात्र ऊ कुनै बेला काशीनाथ जोशी थियो भन्ने कुरा थाहा पाएको हुँ।
के गरु म यो धरावासीलाई!
२०३५ सालको मोती–जयन्तीको उपलक्ष्यमा जनभवन, इलाममा भएको कवि गोष्ठीमा लगेको कविताको सिरानमा दाहिनेपट्टि नाम लेख्दा मैले लेखेको थिएँ– कृष्णप्रसाद ‘धरावासी’। घरको ठाउँमा धरावासी लेख्नुपर्ने धेरै कारणहरू थिए त्यसबेला। पारिवारिक, आफन्त, नातागोता आदिसँगको असन्तुष्टि र विश्व मानवतामा देखा परेको अन्याय, अत्याचार र हत्याहिंसाको स्थिति। फेरि भर्खर एसएलसी उत्तीर्ण गरेर क्याम्पस पढ्न गएको १७ वर्षे किशोरको भावुकता पनि थियो त्यहाँ।
