kbs
आऊ हामी अपराध गरौं
बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराध बोध गर्न थाल्छु । साँच्चि बाँच्नु भनेको पाप भर्नलाई हो – कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु ।
म यसलाई मर्न नसक्नेहरूको हरुवा तर्क भन्छु । यथार्थ त कसैलाई मार्नु पर्दाेरहेछ । कस्तो विडम्बना ! अपहरण नगरी सुन्ने होइन । बन्द नगरी कसैले र्टर्ेनै छाडिसके । बिनातोडफोड उजुरी लाग्दैन । होइन के भएछ अचेलका मान्छेलाई –
सहर, स्वास्नी र सुलसुले
घाँटी हेरेर हाड निल्नुपर्छ । अरू घोडा चढे भनेर आफू धुरी चढेर हुन्छ ?” कराइरहन्छे स्वास्नी । ऊ स्वास्नी हो, त्यसैले पनि कराइरहन्छे । अर्थात्, कराउँछे त्यसैले ऊ स्वास्नी हो ।
“होइन, किन यसरी कानमा तेल हालेर बसेको होला ? कत्ति पनि चिन्ता छैन है तपाईंलाई ! जिम्मेवारी र कर्तव्यबोधचाहिँ कहिले हुन्छ हँ तपाईंलाई !” लाग्छ कि उसले नै कर्तव्य र जिम्मेवारी बहनको ठेक्का लिएकी छ । “अर्काको विश्वास नगर्नु भन्यो मान्ने भए पो ?” भुतभताउँदै आई । चिया टेबलमा राखिदिई अनि किचनतिर लागी ।
बिर्खे दाइ
यसपालि म काठमाडौँबाट घर आउँदा निकै अस्थिर थिएँ। इलाम आक्रमण भएको पाँच दिन मात्र भएको थियो। सदरमुकाम आक्रमणपछि गाउँघरतिर हालखबर के छ भनेर बुझ्न मन लाग्यो र दौडिएँ घरतिर। दैनिक कामको व्यस्तता र देशको वर्तमान असहज स्थितिले हुनसक्छ, म विचलित पनि छु। यात्रा गर्दा वा केही गर्दा कहिले के हुने हो भन्ने कुराको निधो हुँदैन। कता बम पड्किने हो कि, कहाँ गोली चल्ने हो कसैले भन्न सक्तैन।
मुक्ति
अरे यो के ? होसमा आउँदा त म आफैँलाई खित्का छोडिरहेकी पाउँछु। हुन पनि अचम्मै हो, आठौँ आश्चर्यजस्तै, होसमा फर्किनु त्यो पनि खित्का छोड्दै। तर अहिले मलाई त्यस्तै भइरहेको छ। म खित्का छोडिरहेकी छु। खित्कैका क्रममा म देख्छु मेरा सिद्धार्थ मलाई हत्केलामा कुतकुती लगाइरहनुभएको छ। म खित्किएको एकछिनपछि उहाँले कुतकुती लगाउन छाड्नुभयो र सोध्नुभयो- “यशू ! अहिले दुखाइ कस्तो छ?”
ऊर्मिला
विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ ।
मनिलादेखि टाढा योपाङ्गासिनान स्टेटमा सारा धर्ती आगोको कौलो भएर धडधडाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवाँजस्तो लाग्थ्यो । दूबो रोपिएको खेलकुद मैदानमा चरिरहेका रोगी घोडाहरू पिठ्युँमा घाउ लिएर बिस्तारै पुच्छर हल्लाउँदै घाउबाट झिँगा धपाउने चेष्टा गरिरहेका थिए । त्यहाँ घोडीहरू थिएनन् । कसरी भन्न सकिन्छ र घोडाहरू घोडीहरूको वियोगपीडामा थिएन वा थिएनन् ।
ऐंजेरु
शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा आउनासाथ अकस्मात् ऋतुपरिवर्तन भएर बसन्त आएको र हजारहजार चराचुरुङ्गी चिर्बिर-चिर्बिर कलरव गर्न थालेको मधुर अनुभूतिमा म डुब्ने गर्थे । सडकमा पनि हिँड्ने होइन, उफ्रिदै जाने । झोला बोकेका केटीहरूको बथानमा डब्बा बनाई आफू इन्जिन बनी रेलजस्तै दौड्दै दिनहुँ स्कुल गइरहेकी कल्पितालाई झल्झली सम्झन्छु म -“………पी-पी-पी-पी… छुक्छुक् छुक्छुक् … ।”
