सपनी छन ओरालो कहिले पुग्ने लक्ष्य
विकास सबै खाइ रैछन नेता को भक्ष्य
शीर ठुलो हाम्रो निहुरेर झर्यो
बिकृति आए सबै हुन्न केही गर्यो
नारी शक्ति भक्तिरहित चाहना राख्ने ठुलो
देश भत्किएर भाको छ रछ्यान कै दुलो
भ्रष्ट छन छन चौदिशा छैन कतै लाली
भत्काएछन् आशा सबै समाज भो जाली
निदान खोज्नेहरुको छैन केही पहिचान
राक्षस छन दुष्टहरू उन्कै छ परवान्
जागी उठ आज जनता बोल्ने होला कहिले
उठाई देश अब जोडने होला कहिले ।
