अन्योल हो कि जीवन
म जीवनसँग समागमन गरिरहेछु
रिक्तता म मन भित्रै समाहित गरिरहेछु
चेतना शून्य हुँदैछु
म भावनाबिहीन बनेर
जीवनको उदगम भित्रको अस्त खोजिरहेछु
मेरो भोगाइ
मेरो रोजाइ गलित साझसँग अस्त भइरहेछ
म उदाउने कोसिसमा
जीवन खोजिरहेछु
कतै जीवन्त हुन्छ कि मेरो चाहना
निर्लिप्त भावले हेरिरहेछु
भावनाले खोजिरहेछु
नयाँ रूप नयाँ स्वर र
नयाँ विभेदहरू
म सुन्यको तैराइमा विवेकरहित भइरहेछु
भावरहित भइरहेछु
र कतै लाग्छ
शान्ति कामनामा अस्ताइरहेछु
अस्ताइरहेछु!