समयका धारसँग बयली खेल्छु
सोचेको के दुनिया हुन्छ ?
केवल पहेंली देख्छु
जुन आकास र बादल
फेर्छन आ आफ्ना रुपहरू !
कायाकलप गर्छन भोग्छन
आआफ्नै भोगहरू
दूर बसेर आकृति हेर्नु
जीवन रमाइलो देख्नु
हरेक क्षणको चाहना
पलभरमा बादल छाट्ँटिनु झै
आशक्त्तिको भेद
रङ्हरू, रुपहरू
सँगालेर बाँचनु
टुक्रा टुक्रामा
टुकृएको काँचको टुक्रामा
आफ्नो रुप
विविध काँचमा !
हेर्नु जस्तै बिस्तारित भइरहेछ जीवन !
