स्वरहरू निलम्बित छ
म निलम्बनमा छु
बोल्नु निर्थक लाग्छ विभेदहरूमा
मरेको मन सक्दैन उदाउन
बैभव रहित सुस्क छ
सक्तैन पलाउन
यी बिजका बिजारोपणहरू
रुखो भइरहेछ
बन्जर अस्थीहरू
लेप्ले उर्बर देखिन्छन्
मिराज्का प्रतिरुपहरू
हट्दैनन्न मनबाट
आँखाबाट
आशाबाट
आरोपित छ भावधारा
स्वयम आफैंबाट !
