मेरो मन रोयो, तिमी रोयौ रोएनौ
बग्यो आँसु धरधरी, तिमी बग्यौ बगेनौ
हर सकसमा दैवै भाकेँ ती देवले सुने सुनेनन्
जिन्दगी छ चौबाटोमा, दुख किन कसैले सुनेनन्
रोयो मन मेरो, तिमी रोयो रोएनौ
हर आवाजमा आवाज थियो, तिमी सुन्यौ सुनेनौँ
हर क्रान्तिमा बालेँ आगो, तिम्ले देख्यौ देखेनौँ
हर होस्टेको हैँसे, तिम्ले भुल्यौ भुलेनौ
म नागरिक तिमी नेता भन के हाम्ले चुनेनौ ?
