बिगत दुई दशकदेखि गीत, कविता, कथा, यात्रा स्मरण लगयात सम सामुहिक बिषयमा निरन्तर कलम चलाइरहेका शेखर ढुंगेलले यही मार्च ३० तारिखका दिन न्यु योर्कमा नेजाद्वारा आयोजित एक भब्य समारोहमा आफ्ना तीन बिबिध बिधाका कृतिको बिमोचन गरेका छन् ।
संयुक्त राष्ट्र संघको लागि नेपाली नियोगकी कामु प्रमुख सेवा अधिकारी, नेजाका अध्यक्ष आङछिरिंग शेर्पा, नेजाका पूर्व अध्यक्ष कृष्ण शर्मा तथा ढुंगेल स्वयमले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।
समाजका सम-सामयिक सन्दर्भ र प्रसंगमा आधारिक २० वटा कथाको संगालो “क्षितिजपारिका सपनाहरू “, उनले बिगत २१ बर्षमा भ्रमण /काम गरेका बिभिन्न देश लगायत अमेरिकामा बटुलेका अनुभवलाई “A beautiful journey of struggle “नामको यात्रा स्मरण र आफ्नो तेस्रो गीति संग्रह “कुनै दिन” गरी तीन कृति बिमोचन गरेका हुन् ।
नेपालका चर्चित संगीतकार टीका भण्डारीको एक्ल संगीत रहेको र म्युजिक नेपालले बजारमा ल्याएको सो गीति संग्रहमा प्रमोद खरेल, राजेश पायल राई, शिब परियार, विश्व नेपाली, मनोज राज शिवाकोटी, प्रबिशा अधिकारी, इतू जोजिजु र स्वयम टीकाजीको समेत मधुर आवाज रहेको छ । स्मरण रहोस यस अगाडि उनले “शेखरका सय कविता”, “कहाँ छ मेरो देश ?” (यात्रा स्मरण) र सम्झना एबम “आकांक्षा गीति संग्रह” प्रकाशित गरिसकेका छन् ।
प्रमुख अतिथि सेवा अधिकारीले मन्तब्य राख्दै भन्नु भयो अमेरिकाको व्यस्तताको बाबजुद आफ्नो भाषा साहित्य र संस्कृतिको क्षेत्रमा निरन्तर लाग्नु र यसरी एकै पटक तीन वटा कृतिहरू प्रकाशनमा लेराउन सक्नु प्रशंसनीय कार्य हो । देशको विस्तार भूगोलले मात्र हुने होइन भाषा, साहित्य र कलाले हुने हो भन्दै अधिकारीले थप्नु भयो ढुंगेलले देशको परिवर्तनको लागि नागरिक आचार संहिता (norms of strong civic sense “अभियान जस्तो जुन महत्वपूर्ण कार्यको थालनी गर्दै हुनुहुन्छ सबैले आ आफ्नो ठाउबाट सहयोग गर्नु पर्छ ।
कार्यक्रममा आफ्नो मंताब्य्य राख्दै लेखक एबम गीतकार ढुंगेलले लेखन र साहित्यको अलावा आफूले आगामी दिनमा नेपाली समाज परिवर्तनको लागि एक साधारण तर बिशेष कार्यक्रम (अभियान) सुरु गर्न लागेको र स्वदेश तथा विदेशमा हुने युवा वर्गले देशको सबै दुर्गम जिल्ला र गाउसम्म पुगेर स्वयम सेवक भूमिका निभाउने प्रतिबद्धता जनाइसकेको भन्दै त्यसको लागि एक किताब प्रकाशनको तयारीमा रहेको र सो किताब मार्फत घर घरमा पुगेर “समान मानवीय मूल्य र मान्यताको व्यवहारको लागि “विद्यार्थी बर्गलाई परिचालन गरी समाजमा बिध्यमान बिकृति र विसंगतिलाई समाप्त गरी “प्रेम, सदाचार, सदभाव, सहयोग, सेवा र सस्कारयुक्त समाज निर्माणमा” लागि पर्ने बताएका छन् ।
साहित्य र संस्कृतिको विस्तार गर्न नेपाली विश्वको जुन कुना पुगे पनि सक्रिय रहेको बताउदै तर विश्वको एक मात्र सभ्य सस्कारका अग्रदुत महामानव गौतम बुद्ध जन्मेको भाग्यमानी देशको नागरिक हामीले उनको उपदेशलाई न पछ्याएको, न बुझेको वा बुझेर व्यवहारमा देखाउन असमर्थ देखिएका छौ भन्दै उनले न्यूनतम ४ बिषयलाई अभियानको मुख्य आधार बनाएको जस मध्य (१) प्रत्यकले प्रत्यकलाई मिठो मुस्कान सहित अभिवादन गर्नु पर्ने (२) समाज र देश निर्माणको आधार स्तम्भ श्रम र श्रमिक नै हुन् त्यसको उच्च सम्मान र मर्यादा गर्नु पर्छ जसले जे काम पनि गर्नुहुन्छ कामको आधारमा मानवीय मतभेद हुनु हुँदैन भनेर सचेत हुने र गराउने कार्य गर्ने (३) छुवाछुत र भेदभाव मानवीयता बिरुद्धको अपराध हो तसर्थ सोको अन्तको लागि प्रत्यक गाउ घरमा पुगेर सहयोग सहकार्य सहभोज आलिंगन गर्ने हात् जोड्ने हात् मिलाउने अनि आ आफ्नो घर र मन्दिरमा प्रवेश गराउने (४) सबैको मानसिकताबाट मालिक र दासको सोचलाई विस्थापन गरी समान मानवीय मूल्य र मान्यताको मर्म बमोजिम व्यवहार गर्ने गराउने कार्यमा सहयोग गर्ने, जब सृष्टिकर्ताले एउटै आकाश एउटै धर्ती एउटै सूर्य अनि चन्द्र र सबैको एउटै रंगको रगत दिएका छन् भने मानिसले मानिसलाई विभेद गर्ने अधिकार कसले दियो ? भन्दै आफ्नो यो अभियानमा सहयोग गर्न विश्वमा छरिएर रहनु भएका सचेत नेपाली नागरिकहरूसित अनुरोध समेत गर्नु भयो । कार्यक्रमको सभापतित्व आयोजक नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष आङ्छिरिंग शेर्पाले गर्नु भएको थियो ।
