एक दशकभन्दा बढी अमेरिकामा संघर्षसिल जीवन बिताइरहेका शेखर ढुंगेलको पछिल्लो कृति “A Beautiful journey of struggle” हालै अमेरिकी बजारमा आएको छ ।
नेपाली स्रष्टाको अमेरिकी प्रेसले प्रकाशन गरेको साहित्य कृति नर्थ क्यारिलोना निबासी किसन उपाध्याय को The Last Orange पछि संभवत यो दोस्रो पुस्तक हो । यसभन्दा अगाडि उनको “शेखरका सय कविता “, “आंकाक्षा र सम्झना गीति संग्रह”, “कहाँ छ मेरो देश ?” (यात्रा स्मरण ), “क्षितिज पारिका सपनाहरू “(कथा संग्रह ) प्रकाशित भैसकेका छन् भने अर्को गीति संग्रह “कुनै दिन” पनि भर्खर मात्र म्युजिक नेपालले बजारमा ल्याएको छ ।
देशको समसामुहिक अबस्थाको बारेमा होस वा साहित्य सृजना एवम आत्म चिन्तन होस् । दुई दशकभन्दा अगाडिदेखि निरन्तर कलम चलाइरहेका ढुंगेलले सन् १९९२ देखि २०१२सम्म करिब २० बर्षको अबधिमा बिभिन्न उदेश्य बोकी दर्जनभन्दा बढी देशको भ्रमण क्रममा प्रतक्ष्य देखेको भोगेको बिबिध पक्षलाई यो किताबमा ऐना झैँ स्पष्ट उतार्न सफल भएका छन् । जसलाई “बिदेशी सपना र भोगाईको मार्मिक कृति” भन्न सकिन्छ ।
कटुन्जे भक्तपुरमा जन्मेका ढुंगेलले पाठकलाई जापान, अस्ट्रेलिया, हंगकंग, सिंगापुर, बेलायत, फ्रान्स, नर्वे, जर्मनी घुमाएर अन्तमा अमेरिकाको मेन चेस्टर न्यु हेम्प्सर राज्यसम्म पुर्याएर मात्र आराम दिन्छन । यो किताबले आफ्नो सपना साकार पार्न मानिस कतिसम्मको बाधा अडचन सहन्छ । र जीवनको जस्तो सुकै दुख सुख, आरोह अबरोहहरूमा नआतिने र नमात्तिने मानिस मात्र निरन्तर अगाडि बढ्न भन्ने सन्देश दिएको छ ।
लेखक ढुंगेल भन्छन “जीवन एउटा खुल्ला किताब नै हो “। यो पुस्तक (A Beautiful Journey of struggle) को सन्दर्भमा उनले यसरी अभिव्यक्त गरेका छन्, ‘कर्मको लेखा हो वा महत्वाकांक्षाको परिणति स्वदश छोडी विदेशको चक्कर लगाउनु पर्ने बाध्यतालाई कोही कसैको लागि बरदान हुन् सक्छ त कसैको लागि अभिशाप ।”विदेश न त सम्पूर्ण सुखको सागर हो न त स्वदेश दुखको भण्डार नै ।”
यसरी जीवनको २० बर्ष बिदेशी भूमिमा बिताउने क्रममा भोगेको दैनिकीलाई इमान्दारीपूर्वक जस्ताको तस्तै उतार्न उनी सफल भएका छन् । तिता मिठा सबै अनुभवलाई बिना कुनै शृंगार र कल्पित शब्द प्रयोग नगरी अब के भयो होला अब के होला भन्ने जिज्ञासा राख्दैमा सम्पूर्ण किताब पढी नसकी छोड्ने मन लाग्दैन ।
अमेरिकाको चर्चित प्रकाशन गृह Xulonpress।comले बजारमा ल्याएको यो किताब स्थानीय पुस्तक पसल वा Amazon.com, Barnes&nobel, google ebooks मार्फत किन्न सकिन्छ । पुस्तक को मुल्य $१४।९९ र kindle को मुल्य $७।९९ रहेको छ ।
