Skip to content

कल्पना पौडेल ‘जिज्ञासु’को “जून हराएको रात” बिमोचन

20150228_KalpanaPoudelJigyasu


नवलपरासी गैडाकोट ४ घर भै हाल मध्यपूर्व इजरायललाई आफ्नो कर्म क्षेत्र बनाई नेपाली साहित्य आकाशलाई उठाउन सदा तत्पर लागिरहनुहुने गजलकार कल्पना पौडेल ” जिज्ञासु”ले दोस्रो गजल सङग्रह ”जून हराएको रात” लिएर आफ्ना पाठक माझ आउनु भएको छ ।

जहाँ नेपाली त्यहाँ नेपाली साहित्यको साधना ! दुई वर्ष अघि मात्रै प्रथम गजल सङग्रह ”भावनाका भेलहरू” प्रकाशित गर्नुहुने गजलकार जिग्याँसुले यति छोटो समयमै दोस्रो गजल संग्रह लिएर आउनु भएको छ । २०७१ फागुन ९ गते सनिवार हाम्रो मझेरी साहित्य प्रतिष्ठानको १५ औं बार्षिक उत्सबको अवसरमा ”जून हराएको रात ” दोस्रो गजल संग्रहको बिमोचन भएको थियो । उक्त गजल संग्रहमा जम्मा १०१ वटा सुन्दर गजलहरू समेटिएका छन् ।

नेपाली साहित्यलाई जस्तै माया जिज्ञासुजीले अनाथ बालबालिकालाई पनि गर्नुहुन्छ । उहाँले आफ्नो गजल बिक्रिबाट आएको रकम अत्यन्त निम्न, असहाय विशेष चेपांग बस्तीका बालबच्चाहरूलाई पढाउने हेतु उहाँ आफैंले खोल्नुभएको परोपकारी संस्था ”कल्पना फाउन्डेसन” मार्फत सहयोग गर्नुभएको थियो । र, दोस्रो गजल ”जून हराएको रात ” पुस्तक बिक्रिबाट आएको सम्पूर्ण रकम उहाँ यसै ”कल्पना फाउन्डेसन” को कोषमा जम्मा गरी ती अनाथ, असाहय बालबच्चा तथा आफ्नै सन्तानद्वारा अपहेलित भएका बृद्धा-बृद्धहरूको सेवामा समर्पित गर्ने कुरा हामीलाई जानकारी दिनुभयो । गजल सङग्रह विमोचन गर्ने क्रममा गजलका शिखर पुरुष डा घनश्याम न्यौपानेले परिश्रमी साहित्य क्षेत्रका समृद्धि र विकासका लागि एकता तथा सहकार्यको आवश्यकता रहेको जनाउनु भएको थियो । साहित्यकार गोविन्दराज विनोदी लागायत् थुप्रै साहित्यकारहरूको राम्रो जमघट रहेको थियो ।

जातीय विभेद, दुखी गरिब,अनाथ बाल बच्चा, सन्तानले हेला गरेकाबृद्धा-बृद्ध प्रति सदभाव अनि उनीहरूको लागि केही गर्ने चाहना व्यक्त गरिएका,नारि चेतना र देश भक्ति भावनाहरू समेटिएको यस गजल सङग्रह ”जून हराएको रात”लाई पनि प्रथम गजल सङग्रह ”भावनाका भेलहरू” जस्तै प्रिय पाठक माझ प्रिय बन्न सकोस र सबैले माया गरिदिनुहुने छ भन्ने विश्वास लिएकी छु, भन्नुहुन्छ गजलकार कल्पना पौडेल जिज्ञासु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *