मलाई काट्टीकुट्टी
ऊ जस्तै उभ्याएर
कुम्भकर्ण हिमाल हिडेको धेरै भयो ।
म टन्न अघाएको थिए
र स्थिर थिए
क्रमश बढ्दो थियो मेरो बैभबताको उचाई
क्रमश चुलिदो थियो मेरो अह म ।
तर
कुम्भकर्ण हिमाल भोको थियो
थुप्रै दिनदेखि खानासम्म खाएको थिएन उसले
पानी समेत पिएको थिएन उसले ।
शहरमा त ऊ नअडिन पनि सक्छ
फोहरदेखि सक्त एलर्जी थियो उसलाई
अधेरोमा ऊ नटिक्न पनि सक्छ
नराम्रो काममा दीलचश्बी थिएन उसलाई ।
मन्दिरमा आउने जाने निस्छल अनुहारमा
तै कतै भेटियो भने अचम्म नमान्नु
कुनै असहायलाई हातले उठाउदै गरेको पाइयो भने
उसलाई पाएको सम्झनु ।
थुप्रै दिनदेखि उसको अत्तोपत्तो छैन
र पनि सुन्छु
मैले गरेका गल्तीहरू पखाल्न ऊ श्रम गर्दै छ रे
र यो पनि सुन्छु
मान्छेमा असल सभ्यता सिकाउन
ऊ किताबहरूको अक्षरमै पढिने भएको छ रे ।
अब महाशय ..!
मलाई नै आफूमा प्रक्षेपण गरेर
मेरै रूपमा हिडेको त्यो कुम्भकर्णलाई
म बदलिएको खबर सुनाइ दिनु
म पहिले जस्तो इर्स्यालु, विभेदकारी नरहेको कुरा बताई दिनु ।
के थाहा यो सानो खुशीको कुराले उसको मन पग्लन्छ कि ?
किनभने –
मलाई काटिकुटी ऊ जस्तै उभ्याएर
कुम्भकर्ण हिमाल हिडेको धेरै भयो ।
अस्तु :
विवेक दुलाल क्षेत्री “दमक”
दमक, झापा
हाल :अबुधाबी, यू ए ई .
