Skip to content

धेरै दिनपछि तिम्रो याद आयो


धेरै दिनपछि तिम्रो याद आयो
तिम्रा शर्तहरू थिए फसाद आयो

बिर्सन त कोशिस गरेथे मैले
आँखा अगाडि तिम्रो सानो कद आयो

नचाहेर पनि भड्किलो भएछु
मेरो धैर्य उछिन्दै उन्माद आयो

के फरक पर्थ्यो र तिम्रो कुरा सुन्दा
टुप्लुक्क मेरो सामु सम्वाद आयो

आखिर तिमीसित छुट्टिनु रहेछ
हाम्रो बिचमा अचानक बन्द आयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *