१)
तिजको बेला
पिठ्यूँमा घाम बोकी
नेपाली चेली ।
२)
कस्तो फेशन
लय हो या रत्यौली
तीजका गीत ।
३)
पेट काटेर
हुन्न हरितालिका
रुढी हटोस् ।
४)
यो मरुभूमि
कोपर्छ यो हृदय
चेली सम्झेर
५)
मेरो नियास्रो
के मेटाउला प्यारी
दर खाएर ।
६)
रातो सारीले
चंचल भो यौवन
दुलाहा खोइ ?
अस्तु :
विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी)
