Skip to content

उसो त यहा नानाभाती देखिन्छ


उसो त यहा नानाभाती देखिन्छ
आफ्नो जुम्रा अरूको हाती देखिन्छ

धोका खाएको मान्छेको नयनमा
गुलाब पनि तितेपाती देखिन्छ

यो शहर त्यति इमानको छैन
लुटिएको बधुको ताती देखिन्छ

साह्रै घिनलाग्दो छ राजनीति
जनताभन्दा गुण्डा जाति देखिन्छ

शान्ति र सम्बिधान लेखन आज
कुर्शीको निहुमा आपती देखिन्छ।

अस्तु:
बिबेक दुलाल क्षेत्री दमक
वास्तविक नाम: भानुभक्त दुलाल
दमक, झापा

1 thought on “उसो त यहा नानाभाती देखिन्छ”

  1. अरु-मर्दा भने श्रद्धाञ्जलि
    अरु-मर्दा भने श्रद्धाञ्जलि दिएर टार्छु म
    तिमी मर्दा भने जीवनभर आँसु झार्छु म

    आँसुले मात्र तिम्रो गुन चुकाएर सकिन्न
    त्यसैले तेह्र तेह्र दिन नून तेल बार्छु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *