Skip to content

दश हाइकु (आइरहन्छ)


(१)
आइरहन्छ
सम्झना नेपालको
पीडा भो खाडी ।

(२)
तिम्रो यादमा
रात रोएर बित्छ
पर्खेर बस ।

(३)
हार र जितले
लज्जित किन हुनु
पालो आउला ।

(४ )
लालीगुराँस
ढकमक्क गाउमा
यो मरुभूमि ।

(५)
यो काठमाण्डौ
बुझ्दैन है कहिले
दुखीको दर्द

(६)
मेरो देशमा
प्रकृति हासेकी छे
कुर्शी चै भोको ।

(७)
गीत कविता
सर्जकका सिर्जना
खै कस्ले पढ्छ ?

(८)
बाबा र आमा
अब कहाँ पाउनु
बास छ माथि ।

(९)
तिमी प्रियशी
मुटूकी धुक ढुकी
नरोप छुरी ।

(१०)
म बाच्ने पल
नेपालभित्र गुज्रोस
माटोको टीका ।

अस्तु :

वास्तविक नाम : भानु भक्त दुलाल
साहित्यिक नाम : विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी, यु ए इ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *