पोखौँ त कसरी पोखौँ
तिमीलाई मनको बह मनभित्र
यति धेरै उकुश मुकुशहरू
भरिएर रहेका छन्
कतै बाहिर निकाली दिँदा
छताछुल्ल भएर
पोखिएला कि भन्ने डर छ !
भनौ त कसरी भनौ
तिमीलाई मैले मन पराएको कुरा
तिमी यति टाढा छौ
मेरो आवाज तिमीले सुन्नु अगावै
कसैले सुनिदेला भन्ने डर छ !
यो त औशत लोग्ने मान्छेले
आइमाइ मान्छेप्रति गरिने भलाकुशारी हो
भनी तिमी ठान्न सक्छौ
यो त हरेक कमजोर
मनहरूबाट ब्यक्त गरीने
आशक्ती हो भनि
तिमी मान्न सक्छौ
जे शोच;
स्वतन्त्रता तिम्रो न हो ।
अस्तु:
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानुभक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यू ए ई
