Skip to content

लम्बिनु हुन्न र अरू केही हाइकुहरू

  • by


(१)
लम्बिनु हुन्न
अझै बाचाको डोरी
कस्नु पो पर्छ ।

(२)
ढुंगा बोल्दैन
मान्छे पनि बोल्दैन
कुकर्म बोल्छ ।

(३)
सन्चो बिसन्चो
सोध्दैन कोही अब
भित्तो छदैछ ।

(४)
तिम्रो आदर्श
लेखनमा चिप्लियो
ग्रुप खडा भो ।

(५)
उभिने अर्कै
उभ्याई दिने अर्कै
नक्कली पात्र ।

अस्तु :
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *