म आफ्नो कवितामा
श्रमको, पसिनाको, स्वाभिमानको
गीत गुन गुनाउन थाल्छु
म आफ्नो कवितामा
मेरो देशको पाखा, पखेरो
उकाली, ओराली डुल्न थाल्छु
म आफ्नो कवितामा
मेची कालीमा डुबुल्की मार्दै बहन थाल्छु
मैले यहालाई मनपर्ने मनोरन्जनको सट्टा
के के लेखेछु के के
यहालाई मेरो कविता मन परेन होला
हो महाशय ! मलाई कविता लेख्न आउदैन ।
मेरो आफ्नो कवितामा
कोरीया, जापान, अमेरिका, भारत, अरब
कुनैको पनि म गुण गान म गाउदिन
म कवितामा आफ्ना प्रियजन र माटोबाट आफूलाई हटाउदिन
यहालाई त अरूकै नक्कल मन पर्छ होला
मेरो कविता यहाँलाई झर्को लाग्यो होला
महाशय मलाई कविता लेख्न आउदैन
अचम्म नमान्नु होला
किनभने –
म आफ्नो कवितामा कोरा दर्शन
र अव्यबहारिक ज्ञानको अहं छर्दिन यसैले ।
