Skip to content

तिमीलाई देखेर अब कति मान्नु हर्ष

  • by


१) तिमीलाई देखेर अब कति मान्नु हर्ष
तिमी आयौ भनेर मैले कति गर्नु खर्च
तिमीले प्रगतिको हुरी त कैले ल्याएनौ
केवल पात्रोमा मात्र पो छाएछौ नयाँ बर्ष !

(२) समयबाट शिक्ने मान्छे नै ज्ञाता हो
कोशिश गरेमा सिकाउने बिधाता हो
परदेश लाग्दैमा माटो बिर्स्यो नठान्नु होला
प्रिय यो त सबैको आ-आफ्नै बाध्यता हो

(३) तिमी ढुंगा र म माटो
कुट्थ्यौ दुवै ढिकी जातो
तिमीले नी बिर्सेपछि
मलाई मात्र के खाचो

(४) झुक्याएर माथि माथि गा’छ
मेयर, सभासद्, मंत्री पनि भा’छ
आफ्नो लागी अकुत कमाए भइ हाल्यो
जनताको दुख उसलाई के था’छ

(५) तिमी बाट आजभोलि न्यानो ओत पाउँछु
तिम्रो दुब्लो शरीर भए नि एईरावत पाउँछु
दुनिया नराम्म्री भनेर दुत्कारे दुत्कारोस सधैभरि
यहि मुहारमा तिमीलाई म मल्लिका सेरावत पाउछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *