समस्यासित डराउन्न
कर्तव्यबाट भाग्दिन
कोरा दर्शन बोकेर हिड्दिन
स-सानो खुशीमा रमाउने
म एक आयाम हुँ
पराधिनता स्वीकार्दिन
मानवतालाई तिलान्जली दिन्न
आफ्नो पुर्खाको इतिहास कदापि भुल्दिन
हर बैरीहरूको तेजोबध गर्ने
म एक बिर नेपालीको सन्तान हुँ
अरूको विरासतको आरीस गर्दिन
म कसैको हर्ष खोस्ने दाउमा छैन
मलाइ आफ्नै कर्ममा बिस्वास छ
अग्लो होचो माटोलाई सम्याउदै अन्न फलाउछु
म एक पाखुरी बजार्ने युवा हुँ
अब
कसैले मेरो हाललाई
चुट्किला नसम्झे हुन्छ
कसैले मेरो स्वत्वलाई
बच्चाको खेलौना नमाने हुन्छ
मेरो मार्ग चित्र प्रष्ट छ
म यती बेला कोलम्बस पैताला हुँ ।
अस्तु :
(बास्तबिक नाम : भानुभक्त दुलाल)
दमक, झापा
हाल : अबुधाबी, यू ए इ.
