Skip to content

उस्ले आफ्नो काम दोहोर्यायो

  • by


उस्ले आफ्नो काम दोहोर्यायो
सुन्दै नसुनेको नाम दोहोर्यायो ।

पानीको घर बालुवाको ओछ्यान रे
मान्छे नबस्ने गाम दोहोर्यायो ।

ईश्वर पनि पेवा भयो भन्छ
हुने खानेको राम दोहोर्यायो ।

म देखि बाहेक सबै पागल
अरु सबैको बदनाम दोहोर्यायो ।

मर्ने बेलामा हरियो काँक्रो
निख्रिसकेको साम दोहोर्यायो ।

अस्तु:
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानुभक्त दुलाल
दमक, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *