Skip to content

न एक पल निदाउन सके

  • by


न एक पल निदाउन सके
न तिमीलाई रिझाउन सके
न तिमीले मलाई चिन्न सक्यौ
न मैले तिमीलाई चिनाउन सके

मुटुको आवेग त्यहाँ पनि छ, यहाँ पनि छ
देखावटी खण्डहर छ, भित्र मिठो सामिप्य छ
अहमताको पर्खाल ढल्यो धेरै पहिले
न यो मैले तिमीलाई बताउन सके

तिम्रो मुहानमा खुशीको मुहान छ
भन्थ्यौ हामी दुवैको यौटै बिहान छ
मनको बह मेटौ नगरी अबेर भनेर
साहसले न तिमीलाई मैले फकाउन सके

Leave a Reply

Your email address will not be published. Required fields are marked *