(१)
पहाडबाट झरेको पाताले छागो हु म
आकाशबाट उडेको चंगाको धागो हु म
अरूको सम्मान गर्छु तर कसैले हेपेमा
फलाम र इस्पात पगाल्ने आगो हु म ।
(२)
प्रत्येक कवि हृदयमा देबकोटा र सम छन्
शरीरलाइ कमजोर पार्ने मधुमेह दम छन्
धर्म गर्छु भन्दै किन काशी गइरहनु पर्यो
हाम्रै आरध्ये पशुपतिनाथ के कम छन् ?
(३)
तिमी ढुंगा र म माटो
कुट्थ्यौ दुवै ढिकी जातो
तिमीले नि बिर्सेपछि
मलाई मात्र के खाचो ।
(४)
बैरीको खुशीमा म हाँसेको छैन
नेपालीलाई दुख्दा म नाँचेको छैन
आदर्शले भो नचिमोट न मलाई
अरूको नक्कलमा म बाँचेको छैन ।
