तिर्थ(यात्री)पौडेल
गजल
पैसा फल्छ भन्ने सुन्थे गाउघरमा खाडी तिर
दु;खमात्र फल्दो रहेछ साहुको ब्याजमा खाडी तिर,
मन्द मन्द गरि खायो जाडो तापी गर्मि सेकाइ
स्वाभिमान नै खोट लगाई इज्जतमा खाडी तिर,
सुन सिक्री पियारीलाई आकासको फल हुने भो
साहु मात्र बुझाइन्छ कि दुइ सालमा खाडी तिर,
आफ्नाहरू ठुलो आसमा ठुलै भाग सोच्दै होलान
आसु मात्र रहने भो मेरो भागमा,खाडी तिर,
लखनपुर ३ झापा,नेपाल,
