तिर्थ(यात्री)पौडेल
गद्य कविता
बलात्कृत मन
जिउन साच्चै गाह्रो हुदो रहेछ
समाजमा ,
आफ्नाहरू बाटै बारम्बार बलात्कृत मन लिएर
बसन्त पनि शिशिर जस्तो उजाड ,
शरदमा वर्षा झारेर आँखाबाट
शिकारीको गोलि लागे पछिको घायल हरिण जस्तो,
पटक पटकको बलात्कृत यो मन
प्रथम रजस्वला पहिले,करणी गरिएको छ,
हो मेरो कुमारीत्व लुटिएको छ,
समानताको आबाज उठाउदा सामन्तहरुबाट,
बर्गियताको नाराले बर्गीय विरोधीहरुबाट
नारि अधिकारको आवाजले
पृत्री सत्ताका ठेकदारबाट,बलात्कृत मन,
जन्मे देखि जवानिसम्मको लगानी बिल
थमाएर बुबाबाट,
विर्य र अन्डको मिलन देखि
दश धारा दुधको हिसाब चुक्ताको
धम्कीले आमाबाट,
माइती हुनुको कर्तब्य पुरा गर्न चेतावनीले,
चेलिहरुबाट बलात्कृत मन
आज फेरी दुइ सन्तान जन्माउनु पूर्व
पाठेघर प्रयोग गर्दाको भाडा ,पारपाचुके मा सहि गर्नु पहिल्यै मिलान गर्नु पर्ने,अर्धान्गीनिको पुर्ब सर्तबाट
बलात्कृत मन,
गरिब हुनुको अभिसाप्त जिबन,
धनिहरुबाट गरिएको मान मर्दनले
पटक पटक भएको बलात्कार
सहन विवश बलात्कृत मन,
लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन
