प्यारी यो प्रेम दिवश
यस पालि पनि मैले तिमीलाई
अँगालो भरि माया दिन सकिन
सुमसुम्याएर श-शरीर तिमीलाई
प्यारले बाहुपासमा बाँधेर
ओठका प्याला पिलाउन सकिन
तर पनि यो दुर दराजमा
तिमीलाई मनभरी सजाएको छु
नयनमा राखेको छु,
हाँसो खुशी दिन नसके पनि
दु;ख सुखमा साथ दिने बाचा तिमि संगै
देउराली खाएर हामीले
अमर माया साटेका छौ
सबैले प्रेम दिवशमा आफ्नी प्यारीलाई
अनमोल नजराना दिए होला
अंगालोमा बाँधेर मन मुटु साटा साट गरे होला
म पनि तिमीलाई प्रेम दिवशमा
यो बालुवाको देशबाट
दुइथोपा आँसु उपहार पठाउदै छु
स्वीकार ल ,
सुखमा सबै हास्छन
दु;खमा हाँस्न सिक
यो पनि तिमीलाई प्रेम दिवशमा
उपहार,
लखनपुर ३,झापा,नेपाल
हाल बहराइन,
