हिमाल चुली पल्लोपट्टि
बन केराको घारी
साहुले लग्यो गैरी खेत
पैरो घरबारी
हालको गोरु बन्धकीमा
खाइयो दशैतिर
यो दु;खीको जहा गएनी
पिर माथि पिर
छोरा छोरी चिची पापा
नाना चिउरा भन्छन
छैन बाबु भनै भने
धुरुधुरु रुन्छन,
गरिबको के यस्तो जुनी
जँहा गए नि कहिल्यै सुख नहुने ,
उठ्नु पर्छ हेपिएका बस्तिहारुबाट
जुट्नु पर्छ हामि सबै मिलाएर हात
सबै मिले जे पनि हुन्छ ,
श्रम गरे एक भइ पहाड मैदान बन्छ
त्यसैले त स्वदेश मै केहि गर्नु पर्छ ,
नेपालमै केहि गर्यै
खेदयौ गरिबमारा
नंया नेपाल निर्माण गर्न
लिउ अभिभारा
युवा जोश जाँगरलाई
स्वदेसमै लगाउ
सुन चांदी हिरा मोति
यहि माटोमा फलाउ
पैसा खर्च गरि अब
कोहि बिदेश नजाउ,
