Skip to content


कोपिलामै लुछिएछ फूल टिपेर हेरे
आखिर के हो त नारीको जीवन सोचेर हेरे ,

काँचको गिलास हो त्यो जिन्दगी भन्छन बुज्रुकहरू
गिलास भइदिएर दुनियाको ओठमा चढेर हेरे

किन फूल कोपिलामै चुड्न उद्तछन हातहरू
एकबार आफै कोपिला लुछ्ने हात बनेर हेरे ,

फूल सुन्दरता र सुगन्धको स्रोत हो भन्छन
दुनियालाई फूलको महिमा बुझ भनेर हेरे ,

लखनपुर ३ झापा ,नेपाल
हाल बहराइन् ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *