राम्री फेर्दै दिने पिच्छे डिस्कोतिर धाउछौ अरे
मिठो मिठो खानाहरू स्वाद लिदै खान्छौ अरे,
नारी पुरुष बराबरी समान हक भन्थौ पहिले
मैले चाहिँ डिस्को जाँदा हिड्न आँटी भन्छौ अरे,
डिस्को छिरी हुस्की, बियर, वाइन अनि राम्रीसँग
अंगालोमा बेरिएर लड्ड भई बस्छौ अरे,
पैसा जति सुरा अनि सुन्दरीमा खर्च गरी,
साथि भाइलाई कमाइ छैन, भन्दै चिप्लो घस्छौ अरे
हाल: बहराइन
