खेलौना झैँ गरि खेल्छन, पुरुषहरु नारी किन ?
आफु ल्याउछन दश ओटी, हामी हिड्दा जारी किन?
समाजका दुइ पांग्रा फोस्रा चिप्ला कुरा गर्दछन
फकाउछन नानीलाई झैँ,समानता देउ साडी किन?
उड्नु पर्छ हेपिएका पिल्सिएकाहरु सारा
खोस्नु पर्छ अधिकार, आउ वारि परि किन?
भरे बास नभए नहोस पाखुरा छन गरि खान
जांड खाइ आइ कुटदछन, फकाउदा चाँहि प्यारी किन?
ल्याई छोद्द्छौ समान हक नारी पुरुष बराबरी
सबैले अब बोक्नु पर्छ बोझहरु, हाम्लाई मात्र भारि किन?
लखनपुर ३, झापा,नेपाल,
हाल;बहराइन
Oh best poem indeed ! i
Oh best poem indeed ! i called it a revulutionary poem ! keep writing such kind of poems. Thanks !