Skip to content

दुख्नु पर्छ


मेची लुछिंदा अब यहाँ काली दुख्नुपर्छ
लुछिन्छन् नि फूल दिउसै माली पुल्नुपर्छ

जताततै लोभी भमरा भुन्भुनाउछ्न बागैभरि
भमरा ती छेक्नसक्ने तार जाली बुन्नुपर्छ

रामलखन कुटिएमा रामबहादुर रामप्रसाद पनि
कुट्नेमाथि जाइ लाग्न भद्रकाली हुनुपर्छ

आमा, बुबा, दाजु, भाइ, दिदी बहिनी सारा
देशको रक्षा गर्न खातिर शक्तिशाली हुनुपर्छ

लखनपुर ३ झापा, नेपाल
हाल: बहराइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *