Skip to content

दिन उसले सकेन कि


ठुलो आस राख्यौ होला दिन उसले सकेन कि ?
खाडल थियो कि गरिबीको उढ्न सकेन कि ?

बोलि रहिन मागहरू, भन्थ्यो मैले सुनिरहे
जुन माग्यौ होला तिमीले जुन टिप्न सकेन कि ?

मन मुटु साट्यौ भने दौलतसँग मात्र भनिन
यसो भनि भन्थ्यो निरु, कुरा बुझ्न सकेन कि ?

हात माग्न बोलाउदा, हिरा मोति माग्यौ होला
बेइज्जत हुने डर भइ त्याँहा बस्न सकेन कि ?

भेट हुदा तिमीसँग अतितको यादहरूले
झरे होला नयनहरू लुकाउन सकेन कि ?

तीर्थ (यात्री) पौडेल
लखनपुर, ३ झापा, नेपाल .
हाल;बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *