मिति सन् २०११ जुलाई ३० तारिखका दिन नेपालमा बसेको “साहित्य संजाल नेपाल”को प्रथम साधारण सभाको अवसर पारेर विदेशी भूमि इजरायलमा साहित्यिक फाँटमा कलम चलाउँदै आउनुहुने र साहित्यलाई माया गर्ने केही साहित्यिक मनहरू लेवेन्स्की पार्कमा साधारण भेला बसेर हरि मानन्धरको संयोजकत्वमा साहित्य संजाल सम्पर्क समिति इजरायल गठन गरेको छ ।
उक्त अवसरमा उपस्थित सबैको सल्लाहले अहिले सम्पर्क समिति मात्रै गठन गर्ने र पछि विशेष भेलाबाट साहित्य सञ्जाल नेपालकै मातहतमा रहने गरी साहित्य सञ्जाल इजरायल समेत खोलिने निर्णय गर्यो । उक्त भेलाबाट संयोजक बाहेक अहिलेलाई सबै जना सदस्य रहने समेत निर्णय गरियो । पछाडि बन्ने साहित्य सञ्जाल इजरायलको कार्यसमिति पूर्ण रूपमा बनाइने समेत जानकारी गराइएको थियो ।
उक्त भेलाले संयोजकमा हरि मानन्धरलाई सर्वसम्मतिले चयन गरेको थियो ।
त्यसै गरी सदस्यहरूमा दिप्स शाह, भगवती बस्नेत, भगवती कनेल, निर्मला खड्का, कल्पना भावुक र सोनम शेर्पा गरी जम्मा सात जनाको सम्पर्क समित सर्वसम्मतिले नै चयन गरेको थियो ।
