Skip to content

म दु:खको सागरमा डुब्दा (दुई मुक्तक)


म दु:खको सागरमा डुब्दा तिमी थिएनौ
मेरो पीडा-व्यथामा तिमीले भाग लिएनौ
आँसुको नदीबाट जसोतसो उतारें जिन्दगी
बीचैमा छोडेर गयौ जुनिभर साथ दिएनौ

मेरो सोचाइ भिन्नै तिम्रो सोचाइ भिन्नै छ
अँझैं यो जिन्दगीलाई नजिकबाट चिन्नै छ
आँसुमा डुब्दा-डुब्दै सकिने हो कि जिन्दगी
यी बन्द ओठका-लागि थोरै खुसी किन्नै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *