साथ दिन्छु भन्नेले’नै छोडी गएपछि
फूल जस्तो मेरो माया काँडा भएपछि
रात दिन रोइरहें छोडी जानेको यादमा
सातैजुनि आफ्नो भनी ठानेको यादमा
त्याग वलिदानको बदला पाएको धोका
कोही हुँदा रहेछन् झुटो मायाको भोका
बिवशताको हुरीले लछारेको जिन्दगी
तर पनि राख्दिन बेहोसीमा बन्धगी
मनभरि हर्ष उल्लास अतित भुलाउन
कसले रोक्छ मनमा गुराँश फूलाउन?
