Skip to content

अरु-मर्दा भने श्रद्धाञ्जली


अरु-मर्दा भने श्रद्धाञ्जलि दिएर टार्छु म
तिमी मर्दा भने जीवनभर आँसु झार्छु म

आँसुले मात्र तिम्रो गुन चुकाएर सकिन्न
त्यसैले तेह्र तेह्र दिन नून तेल बार्छु म

तिम्रो समाप्तीसँगै मेरो अस्तित्व मुर्झाउछ
आफू जिउँदो हुनुको इच्छा आकाङ्क्षा मार्छु म

तिम्रो आत्मा नर्कमा परेर नभट्कियोस् भनेर
हरेक-वर्ष एक-डल्लो पिण्ड दिएर तार्छु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *