Skip to content

गीता थापा (दोषी)

काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी

-१-

काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी
बोल्न पनि पो डर लाग्छ घात घातमा तिमी
जताततै दिनमा रातमा आकशको जूनमा देखें
फूलमा मात्रै होइन हाँगा र पात पातमा तिमी

उसैको यादमा डुबेर बिहानीको प्रहर फाट्यो

उसैको यादमा डुबेर बिहानीको प्रहर फाट्यो
तिमी मेरो मुटुको टुक्रा भनी उसले ढाट्यो

कतिसम्म जाली रैछ स्वार्थी मन काली रैछ
हृदयमा जलन छोडेर मिर्मिरेमै बाटो काट्यो

बिडम्वना‏

कोठाको प्रवेशद्धारमा पाइला राख्ने बित्तिक्कै रोमाञ्चकारी अनुभूति गर्यो उसले । चप्पल खोलेर भित्र पस्यो । अचेल उसलाई कोठाको एकान्त र शान्त वातावरणले मोहनी लगाएको छ । ऊ जव कामबाट फर्किन्छ तब कोठाको बीचमा उभिएर एक पल्ट सम्पूर्ण कोठालाई नियाल्छ । त्यसो गर्नुमा परम सुखद अनुभूति गर्छ ऊ । त्यसैले सदा झैँ आजपनि केहिबेर एक टकले सरसर्ती कोठालाई नियाल्यो । सेतो रंगको भूइँमा पहेँलो छिर्केमिर्के बुट्टा भएका झ्यालका पर्दाहरू नतमस्तक उभिरहेका थिए । मानौँ, ती पर्दाहरू उसलाई स्वागत गर्न आतुर छन् ।

एउटा जीवन जिउन धेरै नाटक गर्नुपर्छ

एउटा जीवन जिउन धेरै नाटक गर्नुपर्छ
जन्मिएको आँगन छोडी सात समुद्र तर्नुपर्छ

पसिनाका सहस्र धारा बगाई पीडाब्यथा लुकाई
आफ्नो पेट भोको राखेर साहूको ब्याज भर्नुपर्छ

धेरै भो गाउँ छाडेको सखी आउने रहर छ

धेरै भो गाउँ छाडेको सखी आउने रहर छ
लक्ष्मी पूजेर साँझको भैली गाउने रहर छ

फुलेको होला सयपत्री फूल सदाझैं आँगनमा
गाँसेर माला भाईलाई टिका लाउने रहर छ

कस्को गल्ती कति भयो पाइनँ जोख्ने तूलो

-१-
कस्को गल्ती कति भयो पाइनँ जोख्ने तूलो?
मनभित्र आँधी चल्दा उड्यो भूइँको धूलो
गाँस, बास, कपासको जोहो गर्नु भन्दा बाहेक
यो छातीको माझमा बुन्या’ छैन सपना ठूलो

मैले गर्ने माया तिम्लाई सावनको भेल होइन

दुई दिनको रमाइलोमा रित्ती जाने मेल होइन
मैले गर्ने माया तिम्लाई सावनको भेल होइन

मैदानमा उत्रिएर प्रतियोगी बीच बाजी थापी
हार जीतको मोल लगाई खेलिने खेल होइन
मैले गर्ने माया तिम्लाई सावनको भेल होइन

सधैंभरि हाँस्न सकिन्न

सधैंभरि हाँस्न सकिन्न रुनु पर्छ कहिलेकाहीं
मनको पीडा ति आँसुले धुनु पर्छ कहिलेकाहीं

दुखेको घाउ छोपी रंग उडिगा’को मुहार बोकी
झुटो बोली तामा तुलसी छुनु पर्छ कहिलेकाहीं

अचेल जमाना खराब छ

अचेल जमाना खराब छ गर्नु हुन्न भलाई यहाँ
बिगार गर्नेको जमात ठूलो भन्नु कल्लाई यहाँ?

न त भोक टर्छ, न त दु:ख ह,र्छ नारा र जुलुसले
बन्दैन संबिधान टायर बाली सडक गलाई यहाँ

प्रलोभन

बिहानीपख घामले तेजिला किरणको प्रभाव धरतीमा फिँजायो । कुलबीर दुध दुहुँदै थियो । बालिकाको तिखो आवाजले गोठैमा उसलाई झस्कायो । ऊ कान ठा-ठाडा पार्दै हातमा दुधको बालटिन बोकी भित्र पस्यो । उसकी दिदी गौंथली फत्फताउँदै बाहिर निक्ली । एक तमासले फत्फताउँदै गरेकी दिदिलाई अचम्म मान्दै सोध्यो उसले -हैन ए दिदी एकाबिहानै के भयो तिमीलाई ? सञ्चो भएनकी कसो ?

रिशले आगो भएकी गौंथली सोच विचारै नगरी प्याच्च बोली- के हुनु नि ! तेरी स्वास्नीले छोरी जन्माई । अब तेरो यो झुप्रो घरमा छोरी छोरीको ओइरो लाग्ने पर्‍यो । अनि ठुलो भाग खालास गोज्याङ्ग्रे मोरा । दिदीले हात मुखसम्म पुराएर नाप्छे । उसले दुधको बालटिन थपक्क राख्यो । जवाफविहीन ऊ थाप्लोमा हात लगाएर थचक्क भुईमा बस्यो । स्वास्नी म्यौची अलि पर शिथिलभै चिसो भुइँमा पल्लटिरहेकी थिई । ऊ ईन्तु न चिन्तु थिई । छेउमा भर्खर जन्मेकी बालिका हातको औंला चुस्तै ठु-ठुलो स्वर निकालेर रुँदै थिई ।

जसरी उर्लिन्छ कर्णालीको त्यो छाल प्रिय

जसरी उर्लिन्छ कर्णालीको त्यो छाल प्रिय
उसै गरी बढेको छ मुटुको चाल प्रिय

बेरोजगारले अस्त व्यस्त छ दिनचर्या
फाटेको छ टाउको लुकाउँने पाल प्रिय

सुस्तरी बोल कसैले सुन्लान फेरि

सुस्तरी बोल कसैले सुन्लान फेरि
बिनासित्ती झुठा कुरा बुन्लान फेरि

धेरै मिल्दा जुल्दा पनि शंका गरेर
औंला भाँच्दै गल्तीहरु चुन्लान फेरि

सवाल जवाफ (गजल)

लाउँदिन म माया भन्दा दोबाटोमा छेक्छौ किन ?
तिम्रो मेरो नाम जोडी प्रेम पत्र लेख्छौ किन ?

दोबाटो मै उभिएर, बाटो छेक्यौ भन्छौ अँझै ?
फिर्ता तिम्रो पत्र हो त्यो, प्रेम पत्र ठान्छौ अँझै ?

विवश मान्छे

सभ्य र सभ्यताको नाममा
असभ्यताको मनमौजी
रचेर तृप्त हुने स्वाङ पार्दै
अतृप्तको आड्मा निदाउन विवश छ मान्छे

त्रुटि सच्याउनुको सट्टा
बाँधा बिघ्न तेस्र्याउँदै
आफैँलाई भुल्ने गरी
अभ्यस्त रहन विवश छ मान्छे

नेताको आश्वासनले

नेताको आश्वासनले थाक्नसम्म थाकियो
केही हुन्छ भनि धैर्य राख्नसम्म राखियो

आज आज भोलि भोलि पूर्व क्षितिज हेरी
प्रचन्ड त्यो गर्मीले पाक्नसम्म पाकियो

खोइ बुझेको नेताले जनताको पिर-मार्का
लोलोपोतोमा इज्जत ढाक्नसम्म ढाकियो