Skip to content

दुनियाले ममाथि कुदृष्‍टि लाउदा


दुनियाले ममाथि कुदृष्‍टि लाउदा कहाँ थियौ तिमी
बिना कसुर मैले दु:ख पाउदा कहाँ थियौ तिमी

एक्लै हिँड्न सक्छु अब गन्तव्य पहिल्याई सकें
आँखा अघिल्तिर अँध्यारो छाउदा कहाँ थियौ तिमी

साथ चाहिने दु:खमा हो सुखमा साथ कति कति
क्रुर समयले गोरु झैं दाउदा कहाँ थियौ तिमी

भल्ट्याङभुल्टुङ काखमा संकटले जीवन घेर्दा
इज्जत लुट्ने ब्वाँसाहरू धाउदा कहाँ थियौ तिमी

साह्रो गाह्रो केही नभनी लड्दैपड्दै फाल हान्दै
बचाउ भनेर यो मुख बाउदा कहाँ थियौ तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *