म आफ्नै उजाड जीवनमा रंग भर्दैछु
जीवन के हो बुझ्ने कोसिस गर्दैछु
नबोलाऊ तिमी मेरो एकाग्र भंग-हुन्छ
सबैको जिउने आ-आफ्नै ढंग-हुन्छ
सुवासबिहीन छु सु-विचार छर्दैछु
जीवन के हो बुझ्ने कोसिस गर्दैछु
भूइँसँग दाँज्छौ बराबरी हुन खोज्दैछु
दूधको ऋण चुकाउने बाटो रोज्दैछु
कु-विचारसँग डराएर पछि सर्दैछु
जीवन के हो बुझ्ने कोसिस गर्दैछु
बारम्बार जीवनले परिक्षा लिन्छ
पुरानो चोट भुल्ने दिलासा दिन्छ
म आफ्नै उजाड जीवनमा रंग भर्दैछु
जीवन के हो बुझ्ने कोसिस गर्दैछु
