Skip to content

भुल जोसुकैबाट हुन्छ


भुल जोसुकैबाट हुन्छ तिमीबाट घात भयो
हाँस्दो खेल्दो मेरो सुखी संसार बर्वाद भयो

मायाबाट आवादी मिल्छ भन्नु भुल थियो
तिम्रो माया पलाँस मेरो माया फूल थियो

हेर्दाहेर्दै सूर्य अस्तायो दिन पनि रात भयो
हाँस्दो खेल्दो मेरो सुखी संसार बर्वाद भयो

आकृति उस्ताको उस्तै मन धमिलो भएछ
गुलियो साथ पनि चूक’झैं अमिलो भएछ

मन-चिरा परेपछि आँखाबाट बर्षात भयो
हाँस्दो खेल्दो मेरो सुखी संसार बर्वाद भयो

जता गुलियो उतै भुलिने आनी-बानिरहेछ
तिम्रो त्यो आनीबानीले मेरो बदनामी भएछ

भुल जोसुकैबाट हुन्छ, तिमीबाट घात भयो
हाँस्दो खेल्दो मेरो सुखी संसार बर्वाद भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *