Skip to content


सडकमै जन्मिएँ, सडकमै हुर्किएँ
सडक नै हो मेरो पहिचान
सडक नै हो मेरो संसार ।

सडक वरिपरि
सबै अघाई फालिएका
तिनै हुन मेरो भोक मेटाउने आहार ।

कहाँ जाऊँ नियाँ माग्न
सडकभन्दा पर चिनारी नै छैन,
कहाँ जाऊ आफ्नो परिचय खोज्न
सडकभन्दा माथि औकात छैन ।

मेरो लागि
को हुन पराई, को हुन आफन्त
सबै मलाई लत्याई अघि बड्छन भने,
मेरो लागि
के-हो धर्म के हो पाप
सडकभन्दा अगाडि पुगेको हुन्न भने ।

सडकमै जन्मिएँ सडकमै हुर्किएँ
सडक नै हो मेरो पहिचान
सडक नै हो मेरो संसार ।

जब आँखा खोल्छु
बिहानीको मिरमिरेसँगै
केही पल्लाई हराउँछु
वरिपरिका फोहोरका थुप्रासँगै
तिनै-सँग बोल्छु, तिनै सँग-हास्छु, तिनैसँग रमाउछु
कुनै चोट लाग्दा
मनभरिका पीडा तिनैलाई खनाउछु
हेर्छु तिनीहरूलाई पनि
कति असुरक्क्षित छन सडकमा छरपषट परी,
अनि बुझाउछु आफूलाई
तिनीहरूको पीडासँगै आफूलाई समाबेश गरी ।

सडकमै जन्मिएँ सडकमै हुर्किएँ
सडक नै हो मेरो पहिचान
सडक नै हो मेरो संसार ।

मेई १५, २००९

1 thought on “मेरो पहिचान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *