Skip to content

सुखै सुखले मात्र जेलिएको


सुखै-सुखले मात्र जेलिएको हुन्न जीवन गाथा
सास हुञ्जेल झेल्नुपर्छ दु:ख-कष्ट ऐया-आत्था

सुखभन्दा दु:खको परिभाषा जान्नुपर्छ हाम्ले
दु:खलाई अघि बढ्ने अवसर ठान्नुपर्छ हाम्ले

रोएको हाँसेको हरेसखा’को सबको हुन्छ कथा
सास हुञ्जेल झेल्नुपर्छ दु:खकष्ट ऐया-आत्था

सुख केही दिनको पाहुना दु:ख जीवनको साथी
दु:ख-कष्टको जगमा टेकेरै दुनिया पुग्छ माथि

सबको जिन्दगीमा हुन्छ यौटा यौटा पीडा-व्यथा
सास हुञ्जेल झेल्नुपर्छ दु:ख-कष्ट ऐया-आत्था

आफूलाई नचिनि संसार हेरेर दङ्गिनु व्यर्थ
आफ्नो मूल्य नजान्नेले यहाँ जिउँनुको हुन्न अर्थ

सुखै सुखले मात्र जेलिएको हुन्न जीवन गाथा
सास हुञ्जेल झेल्नुपर्छ दु:ख-कष्ट ऐया-आत्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *