Skip to content

गीता थापा (दोषी)

मुहार राम्रो सान्नानीको

मुहार राम्रो सान्नानीको छ कम्मर छिनेको
उनले लाउने छोटो भोटो इजरायलमा किनेको

कहिलेकाहीं बिदामा घुम्न आउँछिन् शहर
पिज्जा र बर्गर खाने उनको ठूलो रहर

यहाँ बाटाहरू धेरैछन् छानेर हिँड्नुपर्छ

यहाँ बाटाहरू धेरैछन् छानेर हिँड्नुपर्छ
साना ठूला सबैका अर्ति मानेर हिँड्नुपर्छ

सिकेर कहिल्यै सकिन्न जीवनमा पाठहरू
आफूलाई सानो बालक ठानेर हिँड्नुपर्छ

नेपोलियन बोनापार्टको पत्र जोसेफिनको नाममा

डियर डार्लिंग, जोसेफिन

मैले कुनै-दिन पनि तिमीलाई नसम्झीकन गुजारेको छैन । मैंले एक दिन पनि तिमीलाई अङ्गालोमा नबाँधिकन बिताईन । मैंले एक कप चिया समेत पनि त्यो गर्व र महत्वाकांक्षालाई गाली नगरी पिएको छैन । जसले मलाई मेरो जिन्दगीभन्दा टाढा राख्यो । आफ्नो कर्तव्य निर्वाहको दौरानमा होस् । चाहे म सेनाको नेतृत्वमा व्यस्त हुँ । अथवा शिविरको काममा हुँ।” म सधैं आफ्नी प्राण प्यारी हृदयको टुक्रा, मुटुको धड्कन जोसेफिनलाई यो दिलमा एक्लै ठिङ्ग उभिएकी पाउँछु । मेरो मस्तिष्क र विचारमा उसैको प्रतिबिम्ब हुन्छ ।

माया, मोहको जालमा परेकी एक दुखियारी हुँ

माया, मोहको जालमा परेकी एक दुखियारी हुँ
कमजोर नसम्झ कैले सृष्टी जोगाउने नारी हुँ

वाध्यता र विवस्ताको हावा-हुरीले लछारे पनि
बटुवालाई शितल दिने ममताकी छहारी हुँ

दन्केको छ मनभित्र रा’को कारण बुझ्ने कोशिस गर्दैछु

दन्केको छ मनभित्र रा’को कारण बुझ्ने कोशिस गर्दैछु
जगमा छ परिवर्तन आ’को कारण बुझ्ने कोशिस गर्दैछु

आफ्ना लागि बाचेको भन्नु फगत बाँदर तर्साउने पुत्ला
छैन खुसीले सासफेर्न पा’को कारण बुझ्ने कोशिस गर्दैछु

GeetaThapaDoshi

कुखुरा बास्छन् कुकुर भुक्छन्न् बेला न कुबेला अचेल

(१)
कुखुरा बास्छन् कुकुर भुक्छन्न् बेला न कुबेला अचेल
मान्छे शैतान भए बाटो ढुक्छन् बेला न कुबेला अचेल
काँचो मासुको स्वादमा रमाउन पल्केका नर-पिचासहरू
फलामे दाम्लो चुँडालेर फुक्छन् बेला न कुबेला अचेल

धिक्कार छ, त्यस्ता मान्छेहरूलाई

एक दिन घुम्दै घुम्दै बजार गए कालीदास । उनका नजर एक महिलामाथि परे । त्यो महिलासँग एउटा माटाको घैटो र नजिकै एउटा गिलास थियो । कालीदासले महिलालाई सोधे, “तिमी के बेच्दैछ्यौ ?”

महिलाले जवाफ दिई, “महाराज ! म पाप बेच्दै छु ।”

कालीदास ले आश्चर्यचकित हुँदै सोधे, “पाप, यो माटोको भाँडोमा ?”

चारतिर बाँडिएको यौटा मुटु माया माग्छौ तिमी

चारतिर बाँडिएको यौटा मुटु माया माग्छौ तिमी
दिएर माया कतिञ्जेल साथमा रहन सक्छौं हामी?

तिमी विरहमा’छौ थाहा छ मेरो पीडा पनि कम छैन
मायाको इसारा नबुझ्ने निष्ठुरी त म पनि होइन

आवारा

“धेरै कचकच नगर । सौता हालिदिन्छु । अनि थाहा पाउँछेस्,” एक दिन गजिन्द्रेले स्वास्नीलाई भन्यो ।

स्वास्नीले ओठ बटार्दै जवाफ फर्काई “मेरो कमाइमा एक थाल हसुरेर उल्टै मैलाई सौता हाल्ने धमास दिन्छौ । हेरौंला म पनि । कुन चै आउँदी रै’छे तिमी जस्ता आवारासँग ।”

चट्टै माया मारेपछि

चट्टै माया मारेपछि चुडिएको यो मुटु
जोडिदैन अब जतिसुकै गरे पनि लुटुपुटु

सम्झाएँथें कयौं रात जाग्रम बसी बसी
बाटो लाग्यो निर्मोही विच्छुले झैं डसी

मध्यरात

“साहित्य चिन्दैनन् बेवकुफहरू । कति दिमाग लगाएर लेख्यो । यो भएन । त्यो भएन । जस दिनु त कता हो कता । खालि अपजसको भारि मात्रै बोकाउँछन् । युवतीको नाङगो तस्वीर देख्नुहुन्न । वा ! क्या छ छ नि हौ । तारिफको पूल बाँधेर अघाउँदैनन् ।”

लोग्नेले फलाकेका ती शब्द गएर खाटको एक छेउमा सुतिरहेकी स्वास्नीका कानमा ठोक्किए । रातको बाह्र अघिनै बजिसकेको थियो ।

सुन्तलीको पत्र

सम्बोधन कुन शब्दले र कसरी गर्छन्, त्यो त मलाई थाहा छैन बुढा ! म त सिधा मान्छे । सिधै कुरा गर्छु । उसबेला गाममा खाएको गुन्द्रुक र मकैको भात यसबेला खुब याद आइरहेको छ । त्यो पल्लाघरे कान्छी बज्यैले दिएको मोहीको त झन् कुरा गरेर साध्यै छैन । कति हो कति आउँछ याद । फेरि “खान नपाएकी कस्ती गालपारा आइमाई रहिछे यो त । मान्छेले सुनेर के भन्लान ?” नभन है तिमीले ? देशै त आज अति पीडक स्थिति र अवस्थाबाट गुज्रिरहेको छ ।

मेजर्नी

आफ्नो लोग्नेको पद र प्रतिष्ठाको खुबै तारिफ गर्थिन् मेजर्नी । गाउँमा लोग्ने स्वास्नीको झगडा परे मिलाउन पुग्थिन् उनी । महिलाहरूलाई हक र अधिकारबारे सचेत हुनुपर्छ भन्थिन् आफ्नो उदाहरण दिएर । “लोग्नेलाई छाडा छोड्नु हुन्न । हरबखत उनिहरूको गोठालो लाग्नुपर्छ” भनेर सल्लाह दिन्थिन् । उनको घरमा गाउँभरिका महिला भेला हुन्थे । र दिनैभरि लुँडोको मेला लगाउँथे । उनकी नोकर्नी चमेली एक एक छिनमा लुँडो खेलाडीहरूलाई चिया बनाएर टक्र्याउँथी ।

तिखे (लघु कथा)

“ए ! तिखेकी हजुरआमा ! बाहिर निस्की बाहिर,” तिखे कपडाको झोलामा कापी, कलम र पुस्तक राखेर स्कूल जाने तयारीमा लाग्दै थियो । बाटोमुनि लम्सालनी बज्यैको आवाज आयो ।

“के भयो बज्यै ?” तिखेकी हजुरआमा पनि आँगनमा निस्की ।

रामे (लघु-कथा)

लगभग बाह्र वर्षको थियो रामे उसका बा आमासँग पहाडदेखि मधेश झर्दा । त्यो बेला मेरा बा जमिन्दार थिए । उनीहरू कंगाल । ‘बस्ने ठाउँको बन्दोवस्त नहुञ्जेल झुप्रो हालेर बस्दै गर्नु’ भनेर बाले एकटुक्रा जमिन दिएका हुन् । नौलो ठाउँ । उनीहरूका चिनजानका मान्छे पनि थिएनन् । अधियाँमा खेतबारी खनजोत गर्नु भन्दै जग्गा पनि दिए ।

पुछिदा सिउँदाको सिन्दुर

पुछिदा सिउँदाको सिन्दुर फुट्दा हातका चुरा
अलच्छिनी रै’छे भनेर काट्छन् दुनियाले कुरा

मर्नेहरू मरेर जाँन्छन् मृत्‍युको बाजी जितेर
बाँच्नेका सारा खुशीहरु सधैं रहन्छन् अधूरा

प्रेम

“हेर छोरा ! प्रेमभन्दा ठूलो केही छैन । प्रेमले शत्रुलाई पनि मित्रु बनाउँछ” आमाले म्रुत्यु अघि भनी । उसले गाउँकी केटीसित प्रेम गर्न थाल्यो । एकान दुकान मैदान हुँदै ती कुरा बाउको कानमा परे । बाउले “कुल, धर्म, भ्रष्ट, बनाउने कुलङ्गार” भनेर गाली मात्रै गरेन, दुई चार चड्कन पनि लगायो । बाउको व्यवहारले मर्माहत हुँदै सोच्यो “के आमाले भनेका कुरा झुठा हुन् त ? ”