Skip to content

जहाँ प्रकृतिको आशिर्वाद त्यहाँ उम्रेको जल हुन्छ


जहाँ प्रकृतिको आशिर्वाद त्यहाँ उम्रेको जल हुन्छ
जुन रुखले स्याहार पाउछ त्यही रुखमा फल हुन्छ

मीठो र नमिठो खाने बीचमा केको भेदभाव गर्नु?
जति मीठो मसिनो खाए पनि आखिरमा मल हुन्छ

ठूलो सानो उच्च निच भनेर बाह्रैहात उफ्रे पनि
एक्लो आवाज भूइँको भूइँमा एकतामा बल हुन्छ

पसिनाको धारा बगाई पेटभरि खान नपुगे पनि
वीर गोर्खालीहरूको साथमा लज्जा छोप्ने सल हुन्छ

तँ तँ म म गरी पाखुरा सुर्के जीवन जगत टाढा
समस्यामा पन्छिनुभन्दा मिलिजुली लडे हल हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *